काठमाडौँ । रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप हिरासतमा राख्न अनुमति दिएको हो । आज बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ
उनलाई आज बिहान अदालतमा उपस्थित गराइएको थियो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो ।