Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज सुनको भाउ तोलामा दुई हजार एक सय रुपैयाँले बढ्यो,चाँदीको मुल्य समेत बढ्यो

आज सुनको भाउ तोलामा दुई हजार एक सय रुपैयाँले बढ्यो,चाँदीको मुल्य समेत बढ्यो

काठमाडौँ । मंगलबार सुनको भाउ तोलामा दुई हजार एक सय रुपैयाँले बढेको छ । एकैदिन आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५० हजार एक सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार आठ सय ६५ रुपैयाँ रहेको थियो ।