काठमाडौँ । विरगञ्जको सानो पाइला सहकारीको रकम गोरखा मिडिया प्रालिमा गएको र उक्त रकम अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयमा रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालय पर्सामा उनको बयना केही समय अघि बाट सुरु भएको छ । सहकारीको रकम अपचलनमा गत कार्तिक २ गते प्रकाउ परेका उनलाई अहिले सम्म अनुसन्धान गरिराखिएको छ । सहकारीको अनुसन्धान गर्न गठित सुर्य थापा नेतृत्वको छानबिन बिशेष समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
हिज सोमबार सोमबार दिउँसो पोखराबाट वीरगञ्ज लगिएका उनको बयान आन मंगलबारै सक्ने तयारी गरिएको प्रहरीले बताएको छ,उनको बयान सकिएपछि लामिछानेलाई फेरि कास्की पठाउने जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो पोखराबाट हवाई मार्ग हुँदै काठमाडौँ ल्याई सिमरा लगिएको थियो त्यहाँबाट उनलाई गाडीमा वीरगन्ज लगिएको थियो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिज सोमबार वीरगञ्ज लैजाने क्रममा सिमरा पु¥याइएको थियो पोखराबाट काठमाडौं ल्याएर फेरि सिमरा लगिएको थियो । रविलाई लगिएको बुद्ध एयरको जहाज साँझ पर्न लाग्दा करिब ४ बजे अवतरण गरिएको थियो । उनलाई त्यहाँ लगे लगत्तै उनका समर्थकले घेरेका थिए,उनलाई बिमानस्थलमा अबतरण गर्नु अघि नै त्यहाँ भिड लागेको थियो । विमानस्थलको गेटबाहिर समर्थकको प्रदर्शनका कारण रविलाई निकाल्न प्रहरीलाई गाह्रो परेको थियो । लामिछानेमाथि संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको पनि मुद्दा पनि रहेको छ । सोमबार मेडिकल जाँच गरेर लामिछानेलाई हिरासतमा राखिएको थियो । त्यतिबेला उनको प्रेसर सामान्य बढी रहेको बताइएको छ । आज मंगलबार बिहानबाट भने लामिछानेको बयान सुरु गरिएको हो ।
रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा मंसिर १९ गते पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन उनी अहिले फरार रहेका छन ।
सोही मुद्दामा त्यहाँ लगिएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र रामबहादुर खनालको बयान सोमबार नै सकिएको जिल्ला प्रहरी स्रोतले जनाएको छ । जोशी र खनाललाई आजै जहाजबाट सिमरा–काठमाडौं उडान हुँदै पोखरा पठाउने तयारी प्रहरीको रहेको छ । यस्तै रबिलाई केही दिन अघि मात्रै रातारात पोखरा लगिएको बिषयले समेत यतिबेला सरकार र नेपाल प्रहरीको आलोचना भैरहेको छ । सत्ता पक्षमा बिभिन्न नेता र प्रतिपक्षका नेताहरुले समेत रबिलाई सरकारले प्रतिरोध साँधेरको र यस्तो कार्य निन्दनीय भएको भन्दै रोक्न समेत माग गरेका छन ।