Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने माथि दुव्र्यवहार भएको भन्ने खबर सुन्नु पर्दा दुःख लागेको नारायण काजी श्रेष्ठको भनाई

रवि लामिछाने माथि दुव्र्यवहार भएको भन्ने खबर सुन्नु पर्दा दुःख लागेको नारायण काजी श्रेष्ठको भनाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका नेपाल सरकारका पुर्व गृहमन्त्री समेत रहेका नारायण काजी श्रेष्ठले समेत रविको पक्षमा मुख खोलेका छन । उनले रबिलाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नु पर्दा ज्यादै दुःख लागेको छ समेत बताएका छन । श्रेष्ठले भ्रष्टाचारको आरोपमा मुछिएका आफ्ना नेता कार्यकर्तालाई छानवीन र अनुसन्धानमा नल्याई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि भइरहेको ज्यादतीले सरकार प्रतिशोधमा उत्रिएको सर्वसाधारणको आशंकालाई बल पुगेको बताएका छन ।

उनले आफनो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन । उनले फेसबुकमा लेखेका छन्,‘हाल म देश बाहिर रहेकै अवस्थामा लामिछानेलाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नुपर्दा ज्यादै दुःख लागेको छ । यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानूनी, मानव अधिकारविरोधी, अपमानजनक तथा प्रतिशोधपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु ।’ पूर्वगृहमन्त्री लामिछानेबाहेक कांग्रेस र एमालेका नेताहरुमाथि छानबिन नगरेकोप्रति उनले आपत्ति जनाए । उनले भनेका छन्, ‘यस सन्दर्भमा पनि हामीले यो नीति स्पष्ट पार्दै आएका हौं, तर सरकारले लामिछानेबाहेक नेपाली कांग्रेस र एमालेका नेताहरुको हकमा कुनै छानबिन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको घोर विरोध गर्दै उनीहरूमाथि पनि तत्काल अनुसन्धान गरियोस् भनी जोडदार माग गर्दै आएको सबैलाई विदितै छ ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालको आजको मुख्य कार्यभार सामाजिक आर्थिक रुपान्तरण वा समृद्धिको प्रक्रियालाई तीब्र पार्नु र त्यसको प्रतिफल आमजनताले आफ्नो जीवनमा प्रत्यक्ष भोग गर्न पाउने अवसर प्रदान गर्नु भएको बताए । उनले अगाडि भनेका छन्, ‘सबै प्रकारको अनियमितता एवं भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त रुपमा अघि बढाएर सुशासन कायम गर्नु आवश्यक छ । विकासलाई फड्कोको विन्दुमा पु¥याउन सुशासन एक मुख्य पूर्वशर्त हो । त्यसैले हाम्रो पार्टीको नेतृत्वको यसअघिको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको नारालाई केन्द्रमा राखेर यस दिशामा प्रभावकारी रुपमा कार्य अघि बढाएको थियो । यस सन्दर्भमा हाम्रो स्पष्ट दृष्टिकोण र मत छ कि जुनसुकै पदीय वा अन्य जुनसुकै हैसियतको भए पनि भष्टाचारको अनुसन्धान हुनसक्छ वा हुनुपर्छ र स्वच्छ अनुसन्धानबाट दोषी प्रमाणित भएमा जोसुकै भए पनि कारबाही गरिनुपर्दछ

 

https://www.facebook.com/share/v/18pkcgZ3dX/