Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डा. सुनिलकुमार शर्माको पहलमा भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ७६५ जना बिरामीले लिए सेवा

डा. सुनिलकुमार शर्माको पहलमा भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ७६५ जना बिरामीले लिए सेवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा श्री देउजा गाउँ आधारभूत विद्यालयमा आयोजित शिविरमा ७६५ जना बिरामीले सेवा लिएका छन् ।

शिविरमा १०१ जनाको ल्याब परीक्षण, ३५ जनाको ईसीजी, ८५ जनाको भिडियो एक्सरे गरिएको थियो । १३ जनाको दाँत खोलिएको थियो भने ३१ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ ।