काठमाडौँ । केही समय देखि हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिए सँगै उनको हिरासतको बसाई लम्बिएको छ । उनी केहीँ समय बाट प्रहरी हिरासतमा रहेका छन । उनले एमाले अध्यक्ष एवम प्रधानमन्त्री के पी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै केही कागजात सार्वजनिक गरेका थिए,लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई प्रहरीले यस बिषयमा अनुसन्धान गरिरहको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
भक्तपुरस्थि आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा ब्यूरोले अनुसन्धान गरिरहेको छ । यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
विभिन्न व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयालसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।