Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेलाई थप ४ दिन थपियो म्याद

रवि लामिछानेलाई थप ४ दिन थपियो म्याद

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको छ । रवि लामीछानेलाई आज म्याद थपका लागि जिल्ला अदालत कास्की लगिएको थियो । प्रहरीले उनलाई १३ दिन हिरासतम राख्न माग गरेपनि अदालतले ४ दिन मात्रै दिएको हो । जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमती दिएको हो । अदालतले रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचाप देखिएकाले पूर्ण स्वास्थ्य परीक्षण गराउन समेत आदेश दिएको छ ।

सहकारीको रकम अपचलनमा उनी कार्तिक २ पक्राउ परेका थिए । उनलाई आज छैठौं पटक म्याद थप गरिएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा रहेका लामिछानेलाई आज थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । गत मङ्सिर ८ गतेदेखि लागू हुने गरी थपिएको १५ दिन हिज शनिबार सकिएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गत २ कात्तिकमा पक्राउ परेका उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरी हिरासतमा रहेकै अवस्थामा उनलाई रुपन्देही, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो । त्यहाँ पनि सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप उनीमाथि छ । बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा सहकारीबाट रकम लगिएको छानबिनबाट देखिएको थियो । वीरगन्जको सानो पाइला सहकारीको समेत रकम अपचलन आरोपमा उनलाई पक्राउ पुर्जी जारी भएको छ ।