काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य अबस्था ठिक नभएको अवस्थामा उनको स्वास्थ्यलाई बेवास्ता गरेरै प्रहरीले रातारात पोखरा लगेको पाइएको छ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लाई चितवान बाट केही दिन अघि मध्यरातमा रबिलाई पोखरा लगिएको थियो । गत बिहीबार राति ३ बजे पोखरा पु¥याएपछि गरिएको स्वास्थ्य परीक्षणमा उनलाई उच्च रक्तचाप देखिएको हो,उनलाई रातारात पोखरा लगिएको थियो उक्त कुरालाई लिएर यतिबेला नेपाल प्रहरीको समेत आलोचना भैरहेको छ,उनका आफन्तलाई समेत जानकारी नदिइ रातारात लगिनु शंकास्पद बिषय रहेको रास्वापाका नेताहरुले बताउँदै आएका छन ।
बुधबार १२ घण्टासम्म बयान लिएर उनलाई मध्यराति चितवनबाट पोखरा पु¥याइएको थियो । रबिको पोखरा ल्याएर स्वास्थ्य परीक्षण गर्दा उनको ब्लड प्रेसर १८०÷९० पुगेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगको टोलीले शुक्रबार लामिछानेलाई कास्की प्रहरी हिरासतभित्र भेटेर सोधपुछ गरेका थिए । आयोगको टोलीले सोधपुछ गर्दा प्रहरी अधिकृतहरू पनि सँगसँगै थिए हाल रक्तचाप सामान्य रहेको लामिछानेले मानव अधिकार आयोगको टोलीसँग बताएका छन् । चितवनमा स्वास्थ्य जाँच गर्न माग गरे पनि प्रहरीले कास्की पुगेपछि मात्रै स्वास्थ्य परीक्षण गराएको लामिछानेले आयोग अधिकारीहरूसँग गुनासो गरेका छन । मादक पदार्थ सेवन गरेका प्रहरीले मध्यरात दुर्व्यवहार गरेको लामिछानेको आरोप छ । लामिछानेलाई भेट्न पुगेका मानव अधिकार अधिकृत टंक खनालले चितवनमा आफूमाथि दुर्व्यवहार भएको भनेर लामिछानेले जानकारी गराएको बताए ।