Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेलाई हिरासतमै भेट्न पुगे मओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा

रवि लामिछानेलाई हिरासतमै भेट्न पुगे मओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा

काठमाडौँ । सहकारीको रकम अपचलनमा प्रहरीको हिरासतमा रहका रास्वपा सभापति रबि लामिछाने लाई हिरासतमै भेट्न आज बिहानै नेकपा मओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा समेत भेट्न पुगेका छन । आज आइतबार बिहान कास्की प्रहरी कार्यालय पुगेर लामिछानेसँग शर्माले करिब २० मिनेट भेट गरेको कास्की प्रहरीले स्रोतले जानकारी दिएको छ । उनी बिहान ९ बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेका थिए । यस्तै पछिल्लो समयमा रबिलाई चितवन बाट पोखरा लगिपछि उनलाई उच्च तहका नेताहरु समेत भेट्न पुगेका छन । गत शुक्रबार मात्रै नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेसपाका अध्यक्ष बाबुराम भट्टराई उनलाई हिरासतमै भेटन पुगेका थिए उनले रबिलाई भेटेर फर्किए लगत्तै राज्यले प्रतिरोध साँधेको र उनलाई दुख मात्रै दिएको बताएका थिए उनले आफना पार्टीका नेताहरुलाई जोगाएर रबि थुन्नु सरकारले प्रतिरोध साँधेको बताएका थिए । यस्तैमा नेपाली काग्रेसका नेता डा.शेखर कोइराला पनि रबिलाई मध्यरातमा त्यसरी लैजानु अमानविय व्यवहार भएको बताएका छन ।

कोइरालाले भनेका छन ‘नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको र रविको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको बिषयमा केही भन्न नचाहेको तर राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय काम भएको र यो रवि को मात्रै कुरा होइन, कसैलाई पनि गर्न नहुने भन्दै । यो लोकतान्त्रिक देश रहेको र उक्त कुरा बिल्कुल गलत रहेको बताएका छन । यस्तैमा राप्रपाका प्रवक्ता रहेका ज्ञानेन्द्र बहादुर शाहीले समेत रबि लाई भेटेका छन उनी शनिबार दिउँसो भेटन हिरासतमै पुगेका थिए । उनले रबिलाई राज्यले प्रतिरोध साँधेको बताएका छन । उनले प्रतिशोध नभइदिएको भए अरु मान्छेलाई पनि थुन्नुपथ्र्ने अरु सहकारीमा मुछिएको बताउँदै रबि माथि हिरासतमा अमानवीय व्यवहार गरिएको र यो चाहिँ खेद जनक रहेको बताएका छन । साथै शाहीले मध्यरातमा मदिरा सेवन गरेका प्रहरीले लामिछानेलाई दुव्यवहार गरेको बताएका छन् । हिरासतमा लामिछानेसँगको भेटमा मापसे गरेको प्रहरीले आफूलाई दुव्यवहार गरेको बताएको उल्लेख गरेका हुन ।