Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मध्यरातमा रविलाई उठाएर रातारात पोखरा लगेपछि...

मध्यरातमा रविलाई उठाएर रातारात पोखरा लगेपछि...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात पोखरा लगिएको छ । साहरा सहकारीको रकम गोर्खा मिडियामा आएको विषयमा बयानका लागि चितवन लगिएको थियो उनको बयान सकिएर मध्यरातमै पोखरा लगिएको हो । काठमाडौंमा बयान सकिए लगत्तै साहारा चितवन सहकारीको रकम हिनामिनामा संलग्न देखिएको भन्दै पक्राउ पुर्जी जारी भएको थियो,लगत्तै रबिलाई सिधै बयानका लागि मंगलबार बिहान चितवन पु¥याइएको थियो ।

हिज बुधबार राति ९ बजेमात्रै बयान सकिएको र लामिछानेलाई राति ३ बजे पोखराका लागि लगिइएको चितवन प्रहरीले जानकारी दिएको छ । आज बिहिबार विमान मार्फत लैजाने तयार भएपनि उनलाई मध्यरातमै लगिएको छ । हिज रास्वपाका कार्यकर्ताल बिशाल प्रर्दशन गरेका थिए जसले गर्दा प्रहरी र कार्यकर्ता समेत घाईते भएका थिए,रास्वपाको प्रदर्शनले आत्तिएको प्रहरीले राति ३ बजे नै स्थलमार्ग हुँदै पोखरा लगेको बताइएको छ । चितवन प्रहरीले भने लामिछानेलाई पर्सामा पनि पक्राउ पूर्जी जारी भएकाले आइतबार अदालतमा उपस्थित गराउनु पर्ने भएकाले पोखरा पठाइएको दाबी गरेको छ । तर विहिबारका लागि विमानको टिकट बुक गरिसकिएको लामिछानेलाई मध्यरातमा परिवारका सदस्यलाई समेत जानकारी नगराई हिडाउनु शंकास्पद भएको रास्वपा चितवनका नेताहरुले जनाएका छन् ।