Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने विरुद्ध पर्सामा पक्राउ पुर्जी जारी,चितवनमा झडप प्रहरी र कार्यकर्ता घाईते

रवि लामिछाने विरुद्ध पर्सामा पक्राउ पुर्जी जारी,चितवनमा झडप प्रहरी र कार्यकर्ता घाईते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पर्सा प्रहरीले अदालतबाट पक्राउ पुर्जीको अनुमति लिएको छ । रबि लामिछाने बिरुद्ध आज पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले बताएको छ । वीरगञ्जमा रहेको सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको बताइएको छ । लामिछानेसहित १४ जनालाई पक्राउ गर्न बुधबार जिल्ला अदालत, पर्साले पक्राउ अनुमति दिएको स्रोतले जानकारी दिएको छ । गितेन्द्रबाबु राई, छविलाल जोशीलगायतविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको अहिले चितवनमा बयान जारी रहेको छ ।

सानो पाइला सहकारीको हिनामिनामा एक चरणमा अनुसन्धान गरी प्रहरीले गत वर्ष नै मुद्दा दायर गरिसकेको छ । संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान हुन लागेको हो । जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए ।

सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन् । सहकारीको रकम अपचलनमा संलग्न नभए पनि गोर्खा मिडियाको सञ्चालक भएकै आधारमा पक्राउ गरेर अनेक मुद्दा चलाउन लागिएको भन्दै रास्वपाले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ ।

यस्तै आज चितवानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीचको मुठभेडमा २० भन्दा बढी प्रहरी घाइते भएको प्रहरीले दाबी गरेको छ । यतिबेला चितवन भने तनावग्रस्त बनेको छ । जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । आफूहरुले संयम अपनाउँदा अपनाउँदै ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको प्रहरीको दाबी छ । यता चितवनमा प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गर्दा रास्वपाका चितवन जिल्ला सभापति कृष्ण भुसालसहितका नेताहरु घाईते भएका हुन् ।