काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत भएको पहिलो खेलमा जनकपुर बिजयी भएको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएका जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक अविजित ७५ रन जोड । उनले तेस्रो विकेटका लागि हर्ष थक्करसँग मिलेर शतकीय अविजित साझेदारी गरे ।
१५ रनलाई २ विकेट गुमाएको जनकपुरको ब्याटिङ लाहिरु र हर्षले सम्हालेका थिए । बलिङमा विराटनगरका प्रतिश जिसी र क्रिस सोलले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो । विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडेका थिए । विराटनगरलाई सस्तोमा समेट्न बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिएका । विराटनगरको कप्तानी सन्दीप लामिछाने र जनकपुरको कप्तानी अनिल साहले गर्दै आएको पहिलो खेलमा जनकपुरले टस जितेर बलिङ रोजेको थियो । भने टस हारेर पहिले ब्याट्रिङ गरेको विराटनगरले १९ ओभरमा एक सय २७ रनमा अलआउट भएको थियो ।
यता नेपाल प्रिमियर लिग एनपिएलको खेलका हेर्न टिकट काटेर पनि खेल मैदानमा दर्शकहरु छिर्न नपाएको भन्दै गुनासो गरेका छन । खेल हेर्न पुगेकाहरु खल्तीबाट टिकट काटे पनि दर्शकहरु मैदानभित्र छिर्न नपाएको भन्दै आक्रोशित भएका छन । कीर्तिपुरमा शनिबार ठूलो संख्यामा मानिसहरू उपस्थित भएपछि प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन कठिन भइरहेको छ।केही दर्शकहरु अहिले टिकटविनै गेटमा धकेलाधकेल गरेर मैदान छिरेका थिए ।
क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ । त्रिवी क्रिकेट मैदानलाई अहिलेसम्मकै चिटिक्क बनाइएको छ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ वटा फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स,कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । यो खेलको भारतीय चर्चित स्पोर्टस टीभी च्यानल स्टार स्पोर्टसले प्रत्यक्ष प्रशारण गरिरहेको छ । एक्सन स्पोर्टसको युटुव च्यालनमा पनि खेलको प्रशारण भइरहेको छ ।