Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेनले जरिवाना गराएपछि एमाले नेताहरु रिसले चुर,जनता भन्छन् बालेन स्यावास !

बालेनले जरिवाना गराएपछि एमाले नेताहरु रिसले चुर,जनता भन्छन् बालेन स्यावास !

काठमाडौँ ।  शुक्रबार नेकपा एमालेले काठमाडौँको दरबार मार्गमा जागरण सभा आयोजना गर्यो । जागरण सभामा उपत्यकाका ३ जिल्लाबाट लाखौँ कार्यकता उतार्ने बताएको थिया । उक्त सभा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री के पी शर्मा ओलीले गरेका थिए । सभा सकिएर एमाले नेता तथा कार्यकर्ताहरु घर नपुग्दै काठमाडौँ महानरपालिकाले दरबार मार्गमा फोहोर गरेकाले १ लाख जरिवान तिर्नुपर्ने भन्दै पत्र काट्यो त्यसपछि एमाले का नेता तथा कार्यकर्ता नै बालेनलाई गाली गर्न उत्रिएका छन् ।

एमाले का महासचिव समेत रहेका शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरूद्ध परिचालित भएको आरोप लगाएका छन् । काठमाडौँ महानगरपालिकाले एमालेले जागरण सभाका कारण दरबारमार्गमा फोहोर गरेको भन्दै नेकपा एमालेलाई १ लाख जरिवाना गरेको थियो । त्यसपछि एमाले बालेन बिरुद्ध खनिएको छ । महासचिव पोखरेलले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन् काठमाण्डौं महानगरका मेयर वालेन नेकपा(एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फवाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो ।

अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिवेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिवेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए । मंच र मंचमा प्रयोग गरिएका सामाग्री हटाउने काम सगसंगै जारी नै थियो । तर पनि मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टवाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो । नेकपा(एमाले) पार्टी आफ्नो कार्यक्रम पछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर वालेनलाई । जागरण सभा यस प्रकारका स्टण्टवाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो भन्दै उनले लेखेका छन् ।

यता नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेकपा एमालेबाट १ लाख भिख मागेको आरोप लगाएका छन् । शुक्रवार काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेलगत्तै बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत यो आरोप लगाएका छन् । नेता बस्नेतले बालेनले गरेको सो निर्णयलाई सकारात्मक र नकारात्मक कोणबाट हेर्न सकिने भन्दै लेखेका छन– बालेनद्वारा पालित पोषित एउटा नगर प्रहरीले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेछ । यसलाई दुई एङ्गलबाट हेर्न सकिन्छ ।

सकारात्मक ः काठमाडौँमा हुने सयौं जुलुस सभा भन्दा एमालेको सभा अभूतपूर्व भयो जस कारण सफा गर्नको लागि मात्रै पनि बालेनलाई १ लाख भिख माग्न पर्यो ।

नकारात्मक ः बालेनलाई यति धेरै एमाले फोबिया छ कि कुन दिन एउटा दन्ते कथामा ज्योतिषले बाघको आक्रमण बाट मर्छ भनिएको राजकुमार कोठाको कोठै थुनेर राख्दा पनि उक्त बालक उक्त राजकुमार वनको बाघलेले होइन किताबमा भएको बाघको चित्र हेरेर मृत्युवरण गरेको जस्तै बालेन पनि एमाले हेरेरै एमालेसँग डराएर सकिने अवस्थामा पुगेको छ । भन्दै सञ्जालमा लेखेका छन् ।