Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिकाको बैंकमा रहेको आधा पैसा मेरै हो भन्दिए पनि भो – प्रधानमन्त्री ओली

अमेरिकाको बैंकमा रहेको आधा पैसा मेरै हो भन्दिए पनि भो – प्रधानमन्त्री ओली

काठमाडौँ । काठमाडौंको दरबारमार्गमा शुक्रबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई आरोप लगाउनेहरूलाई बहसका लागि चुनौती दिएका छन् ।

उनले भनेका छन् ’म कमिसनखोरी गर्न, भ्रष्टाचार गर्न, आफ्ना मान्छे पोस्न, आफ्ना मान्छे भर्ती गरेर अकुत सम्पत्ति थुपार्न प्रधानमन्त्री भएको होइन,’विभिन्न पार्टीका नेताहरूलाई भन्न चाहन्छु, तपाईंहरू औंला ठड्याएर बोलिरहनुभएको छ, बहसमा बस्न सक्नुहुन्छ ? म चुनौती दिन चाहन्छु ।’ उनले कम्बोडियाको टेलिकम कम्पनीमा आफ्नो लगानी रहेको भनेर गरिएको प्रचारको पनि प्रतिवाद गरका छन् । ’कम्बोडियामा ३२ हजार करोड छ भनेर भन्दिए त भो, तपाईंहरू हेर्न जान सक्नुहुँदैन,’ ओलीले भने, ’भन्न त अमेरिकाको बैंकमा रहेको आधा पैसा मेरै हो भन्दिए पनि भो ।’

उनले थपे, ’कम्बोडिया ४ घण्टामै पुगिन्छ । यहाँबाट थाइल्यान्ड अनि त्यहाँबाट ५०÷५५ मिनेटमा कम्बोडिया पुगिन्छ । त्यो देशको टेलिकममा कसले लगानी गरेको छ भन्ने सिधै थाहा हुँदैन ? जसले यस्ता कुराहरू फैलाएर हिँड्छ, त्यस्ता कुरालाई नियन्त्रण गर्नुपर्ने अवस्था आउँछ । त्यस दिशातर्फ सरकार जान्छ । केही मान्छे नाङ्लो ठटाएर हात्ती तर्साउन खोजिरहेका छन् ।’ देशलाई सुशासन दिनु छ । गरिबीबाट मुक्त गर्नुछ । हाम्रो ध्यान त्यहाँ छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।