काठमाडौँ । एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको भनेर प्रचार गर्नेहरुलाई जवाफ दिएका छन् । दरबारमार्गमा आयोजित सभाबाट महासचिव पोखरेलले लगानी प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको दोब्बर दान दिने बताएका छन् ।
उनले कम्बोडियामा लगानी गरेको भन्ने आरोपको समेत खण्डन गरेका छन । एमालेले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने उनले बताएका छन् । दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको भन्दै केहीँ कागजात सार्वजनिक गरेका थिए । त्यसको आरोपमा प्रसाईं प्रहरी नियन्त्रणमा रहेका छन् ।