काठमाडौँ । मिहिनेत गर्ने हो भने आफ्नै देशमा पनि सुन फलाउँन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गरेका छन गुल्मीका मेघनाथ अर्यालले गुल्मीको धुर्काेट गाउँपालिका–६ रजस्थल घर भएका मेघनाथ अर्यालको परिवारले यस सिजनमै चार सय मुरी धान फलाउन सफल भएको छ । एउटै परिवारले यति धेरै धान फलाउने अर्याल परिवार गुल्मी जिल्लामै एक्लो परिवार समेत बन्न पुगेको छ । उनले भनेका छन हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ,अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी रहेको छ धान काटेर सुकाउन राखेको छु । अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी रहेको अर्यालले जानकारी दिएका छन ।

तस्बिरमा,मेघनाथ अर्याल र धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल सँगै
धान खेतीका साथ साथै उनले व्यावसायिक रुपमै भैँसीपालन समेत गरेका छन । उनको गोठमा अहिले २१ वटा माउ भैँसी, एउटा ठूलो राँगो र १४ वटा पाडापाडी रहेका छन । उत्पादन भएको धानबाट चामललाई ब्रान्डिङ गरी बिक्री गर्ने र भुस भैँसीको आहारका रूपमा प्रयोग गर्ने योजना बनाइरहेको अर्यालले बताएका छन । धान काटेलगत्तै उनले उक्त जग्गामा मकैखेती, घाँस वा अन्य तरकारी लगाउने जानकारी दिएका छन । उनले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गरेका हुन् । भाडामा लिएको जग्गाको वार्षिक प्रति रोपनी तीन हजारका दरले बुझाउँदै आएको बताएका छन । यसरी उत्पादन गरिएको धानबाट चामल बनाउने र प्याकेजिङ गरेर बेच्ने उहाँको योजना उनको रहेको छ । पहाडमा सधैँ तराईबाट चामल आउने भएकाले त्यसलाई रोक्न पनि गाउँमै मिलको स्थापना गरी चामललाई बिक्री गर्ने बताएका छन । यस्तै धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एउटै किसानले यति धेरै परिमाणमा धान उत्पादन गर्नुले गरे के हुँदैन भनेर अरूलाई पनि राम्रो सन्देश दिएको बताएका छन । गुल्मी जिल्लाभर यस वर्ष सात हजार हेक्टरमा बर्खे धान लगाइएकामा २१ हजार मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिएका छन ।