मंसिर ४, २०८१-
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा पक्राउ परेका मेडिकल ब्यवसायि दुर्गा प्रसाई बिरुद्ध साईबर क्राईममा मुद्दा चलाईने भएको छ । केहस् समय अघि मात्र भक्तपुरस्थित घरबाट पक्राउ परेको प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको हो ।
सीआईबी प्रवक्ता होविन्द्र बोगटी ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको हो । प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ ।
प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रचार गरेका थिए । उनको दाबीमा सत्यता नदेखिएको सीआइबीले जानकारी दिएको छ । उनलाई सीआईबीमा ल्याइएलगत्तै जिल्ला अदालतमा म्याद थपका लागि पठाइने उनले बताए । भिडियो प्रकरणमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको बोगटीले बताए ।केही समय अघि मात्र उनले आफुलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको भन्दै चनाखो रहन आफना समर्थकहरुलाई आग्रह गरेका छन । हिजो जारी गरेको भिडिओले उनलाई समस्यामा पार्न सक्ने देखिएको भन्दै उनी आफैँ प्रक्राउ पर्न सक्ने त्रासमा परेका बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा २१ करोड डलर रहेको दाबी गर्दै प्रसाईँले फेक डकुमेन्टसहितको भिडिओ सार्वजनिक गरेका थिए ।
उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि सरकार र प्रहरीको ध्यानाकर्षण भएको जनाईएको छ । यसैसन्दर्भमा ब्यवसायि दुर्गा प्रसाईले आफनो सामाजिक सञ्जालमा लेखेका हिँजो मैले कम्बोडीयामा केपी ओलीको लगानी रहेको बिषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे संगै मलाई यो राज्य सत्ताले फेरी झुटो मुद्धा लगाई पक्राउको तयारी गरेको छ ।
मलाई साईवर क्राईम, राज्यद्रोह वा अन्य जुनसुकै मुद्धामा पक्राउ गरेपनी सचेत र चनाखो रहन आग्रह गर्दछु । देशभक्त सम्पुर्ण नागरिकहरु, राष्ट्रवादि राजनितिक दल कांग्रेस, रास्वपा, राप्रपा, एकिकृत समाजवादी भित्रका असल नेता कार्यकर्ताहरु हामी चुप लागेर बस्दा सम्म यी र यस्ता सामन्त शासकले हामीलाई जेल कोच्ने र देश लुट्ने काम गरिरहनेछन् । राजधानी केन्द्रित रही आन्दोलनको आँधिवेहरीका लागी तयार रहनुहुन सबै देशभक्त नागरिकमा हार्दिक अपिल गर्दछु । उनले लेखेका थिए ।
सामाजिक सञ्जालमा कम्बोडियामा ओलीको लगानी रहेको भन्दै उनले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नामसहित र नक्कली हस्ताक्षर रहेको थियो। प्रहरीले उक्त ‘फेक डकुमेन्ट’ प्रचारप्रसार गर्नेमाथि पनि निगरानी बढाएको छ।
यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको थियो। लगत्तै पक्राउ परेका प्रसाईंलाई प्रहरीले नियन्त्रण लिएको थियो।
साइबरसम्बन्धी कसुरमा असोज १५ गते जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको थियो। एक लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका थिए। ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको हो। उनलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजायको मागदावीसहित यसअघि मुद्दा दायर भएको छ। उक्त मुद्दाको फैसला आउन भने बाँकी नै छ।