Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ मिनेट पनि भेट्ने समय नदिएको रास्वपाको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ मिनेट पनि भेट्ने समय नदिएको रास्वपाको भनाई

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने सहितका मागपत्र सार्वजनिक गर्दै रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषण गरेको हो । आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेताहरूले सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गरेका छन ।

मागपत्रको दोस्रो बुँदामा सहकारी पीडित र मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने उल्लेख समेत गरिएको छ । यसैगरी, रास्वपाले उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने माग गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पाँच दिनसम्म प्रयास गर्दा पनि नपाएको गुनासो गरेको छ । देशको चौंथो ठूलो राजनीतिक शक्तिलाई प्रधानमन्त्रीले उपेक्षा गरेको भन्दै नेताहरुले आपत्ति प्रकट गरेका हुन । आयोजित पत्रकार सम्मेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको मागपत्र लिएर प्रधानमन्त्रीलाई भेट्न खोजेको बताएका छन ।

उनले भनेका छन ‘हामीले पाँच मिनेट समय लिएर उहाँलाई आफ्नो पार्टीका मागहरु सुनाउन खोजेका थियौं । तर, देशको चौंथो ठूलो राजनीतिक दललाई उहाँले पाँच मिनेट पनि समय दिनुभएन । बरु विभिन्न कार्यक्रममा गएर हामीलाई खिसिट्यूरी गर्नुभयो । त्यसैले आज हामीले पत्रकार सम्मेलन नै गरेर आफ्ना मागहरु सार्वजनिक गरेका छौं ।’ झाले थपेका छन ‘जापानमा एक व्यक्तिले के–के बोले भन्नेसमेत सुनेर एक्सन लिन सक्ने प्रधानमन्त्रीले हाम्रो पत्रकार सम्मेलनमा बोलेका कुराहरु पक्कै सुन्नुहुने अपेक्षा छ उनले भनेका छन ।