Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्व सभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा निधन

पूर्व सभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा निधन

काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । आईतबार ८३ वर्षीय ढुंगानाको उपचारको क्रमम निधन भएको हो । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उनको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो । कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित नाम राख्न सफल भएका उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए ।

वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।