Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान,नेपाल टेलिकम देखि भाटभटेनी सम्मानित

राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान,नेपाल टेलिकम देखि भाटभटेनी सम्मानित

काठमाडौँ । नेपाल सरकारले गएको आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने विभिन्न संस्था र व्यक्तिलाई सम्मान गरेको छ । कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले शनिवार आयोजना गरेको एक कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने विभिन्न संस्था र व्यक्तिलाई सम्मान गरिएको हो । आर्थिक वर्ष २०७९–८० मा विधागत रूपमा धेरै कर तिर्ने करदातालाई सम्बन्धित विधाबाट उत्कृष्ट करदाताको रुपामा छनोट गरिएको थियो र त्यसरी छानिएका व्यक्ति तथा संस्थाहरूलाई अर्थमन्त्री विष्णु पौडेलले उत्कृष्ट करदाताको प्रमाणपत्रसहित सम्मानित गरेका हुन् ।

यस अवसरमा उत्कृष्ट काम गर्ने तीन वटा कर कार्यालय र दस जना कर्मचारीलाई सम्मान गरिएको हो । सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सम्मानित भएको छ । यस्तै एकलौटी फर्महरूतर्फ श्रुती ट्रेडर्स, निर्यात तर्फ डाबर नेपाल,कृषि तथा पशुपन्छी उद्योगमा पतञ्जली आयुर्वेद, सूचना प्रविधि सेवा निर्यात तर्फ कोडावतार टेक प्रालि, बैंकतर्फ नबिल बैंक, रेमिटेन्सतर्फ सिटी एक्सप्रेस र स्वास्थ्य तथा शैक्षिक संस्थामा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटललाई सम्मान गरिएको हो ।

यस्तै, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल,वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी र मूल्य अभिवृद्धि कर विवरण र समयमै तर तिर्ने करदातामध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि सम्मानित भएका हुन । यस्तै, वार्षिक कारोबार ५० देखि बढीमा एक सय करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएस एण्ड क्लियरिङ लिमिटेड सम्मानित भएको छ । यस्तै, वर्षभरी सर्वाधिक कर तिर्ने व्यक्तिका रुपमा राजबहादुर शाह सम्मानित भएको आन्तरिक राजस्व विभागले जनाएको छ । सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ ।