Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौं महानगरपालिकाले चलायो गौशाला क्षेत्रको अतिक्रमति संरचनामा डोजर

काठमाडौं महानगरपालिकाले चलायो गौशाला क्षेत्रको अतिक्रमति संरचनामा डोजर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौँको गौशाला क्षेत्रको अतिक्रमति संरचनामा डोजर चलाएको छ । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिएका छन ।

चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ । डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति रहेको जनाएको छ ।