Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कालीकोटमा भएको जीप दुर्घटनामा एउटै पालिकाका ७ जनाको मृत्यु

कालीकोटमा भएको जीप दुर्घटनामा एउटै पालिकाका ७ जनाको मृत्यु

काठमाडौँ । कालीकोटमा आईतबार भएको जीप दुर्घटनामा एउटै पालिकाका ७ जनाको ज्यान गएको छ भने १२ जना घाईते भएका छन । चालक सहित १९ यात्रु सवार रहेको जिप कालीकोटको पलाँता गाउँपालिका– ३, राडुमा आइतबार दुर्घटनामा परेको थियो । पलाँता गाउँपालिकाको खिनबाट थिर्पुका लागि छुटेको बोलेरो जिप सडकबाट पाँच सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका सात र गम्भीर घाइते १२ गरी १९ जना नै एउटै पालिकाका रहेको प्रहरीले जनाएको छ ।

कालीकोट प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतका अनुसार दुर्घटनामा परेको क.१ज ५६ नम्बरको बोलेरो जिपको सिट क्षमता नौ यात्रुको मात्रै रहेको र जिपले क्षमताभन्दा बढी यात्रु बोकेको ग्रामीण क्षेत्रमा अप्ठेरो सडक रहेकाले दुर्घटना भएको हुन सक्ने आकलन गरिएको उनले बताएका छन् । ‘सडक गाभ्रेल मात्र छ, क्षमताभन्दा तेब्बर लोड हालेपछि दुर्घटना भएको देखिन्छ,’ उनले भने । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १२ जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूलाई हेलिकोप्टरमार्फत सुर्खेत लगिएको हो ।