Shares
Shares
काठमाडौँ , विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्तीको अवसरमा ईलाम, सन्दकपुर-४, माबु हाङमादेनमा राष्ट्रिय विभूति लिङ्देनको शालिक अनावरण तथा किराँत फाआप मिङ्सो माङ्हिमको समुदघाटनलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले ब्यक्त गर्नु भएको छ ।उहाले उत्त कार्यक्रममा
उहाले किराँत धर्म तथा साहित्य उत्थान संघको विशेष समन्वयमा पूर्वको यस रमणीय स्थलमा पूजनीय किराँत धर्मगुरु आत्मानन्द लिङ्देन “सेइङ्” तथा गुरुआमा साँबा पवित्रहाङ्मा लिङ्देनज्यूको हस्तबाहुलीवाट राष्ट्रिय विभूति एवं समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको पूणर् कदको सालिक अनावरण तथा किराँत फाआप मिङ्सो माङ्हिमको समुदघाटन सहित फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्तीको अवसरमा आयोजीत यस आध्यात्मिक एवं धार्मिक कार्यक्रममा मलाई प्रमुख आतिथ्यता ग्रहण गर्न गरेको अनुरोधलाई मैले बढो संकोचको साथ स्विकार्न पुगें ।
मेरो यस क्षेत्रमा रहेको ज्ञानको सिमितताको कारण यहाँ प्रमुख अतिथिको रुपमा उपस्थित भैरहँदा कता कता तपाईहरुबाट पाएको मायाँ, सदभाव र प्रेमलाई न्याय गर्न सक्दिन की भन्ने संकोचमा छु । यस कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भएकोमा म अत्यन्त आभारी छु र महागुरुको पवित्र तपोभूमिमा तपाईंहरूसँग सत्संग गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस गरिरहेको छु ।
धर्म र आध्यात्मको तपोभूमि नेपाल ऐतिहाँसिक काल देखि नै समस्त मानवजातीको लागि आकर्षणको केन्द्र रहँदै आएको छ । यसक्रममा महागुरुको अवतरणले यो रमणीयभूमि पनि तपोभूमि भएर ज्ञान र चेतनाका प्रकाश विस्तार गर्ने केन्द्रको रुपमा पहिचान बनाउन सफल भएको छ । तपोभूमि नेपाल उत्तर र दक्षिणवाट आउने विविध धर्म, जाति र संस्कृतिको संगमस्थल हुन पुगेको छ परापूर्वकाल देखि ।
विश्वका अनेकन् धर्म, संस्कृति र सभ्यताहरु विभिन्न कालखण्डमा उदाए र अस्ताए पनि । तर नेपालको हिमाल पहाडका विच पल्लवित यस किराँत धर्म र संस्कृतिले हजारौं वर्षदेखि नेपालभित्र मात्र होइन आज देश बाहिर पनि आफ्नो पृथक पहिचान राख्न सकेकोमा हामी सबै गौरवान्वित छौं ।
सत्य, दया, न्याय र अहिंशाका पुजक महागुरुको नवअवतार यस पवित्र भूमिमा भएकोमा हामी सबै आफुलाई भाग्यमानी ठान्दछौं । यहाँ म गीताका ती श्लोकहरु पनि स्मरण गर्न चाहन्छु जसमा भनिएको छ “साधु सन्त र गुरुहरुको उद्धार, पाप विकारको गर्न विनास, धर्म सुसंस्थापनाको खातिर, लिन्छु म अवतार युग युगमा” ।
किराँत धर्मावलम्वीहरुले आफ्नो लोक जिवनको उल्लास, खुशीयाली र सम्पन्नताको लागि देश विदेशमा पनि प्रसिद्धि कमाएका छन । त्यस्तै उदार, स्वतन्त्र चिन्तन गर्ने र पारस्पारिक सम्मानमा आधारित पारिवारिक एवं सामाजिक सम्वन्धको कारणले सरल र सुरुचीपूर्ण छन् । स्वभावले साहस र सरलताको मिश्रण भएको किराँत समुदायले अन्तराष्ट्रिय समुदाय विच बनाएको पहिचानले नेपाली संस्कृति र सभ्यतालाई थप उचाईमा पुर्याएकोे कुरा इतिहाँसमा स्वर्णिम अक्षरले लेखिएका छन ।
नेपाल सबै धर्म, कला र संस्कृतिको साझा संगमस्थल रहँदै आएको छ । शदाव्दीयौं देखि नेपालीहरुले विविधतामा एकता कायम गर्दै आफ्नो पहिचान, संस्कृति परम्पराको अनुपालन गर्दै आईरहेका छन । सामुहिक भाववाट उत्पन्न एकता, शक्ति निर्माण र सामुहिक प्रगतिको भावनाले “नेपाली राष्ट्रियता” निर्माण भएको छ ।
लोकतान्त्रिक व्यवस्थामा प्रत्येक जातजातिलाई आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा र साहित्यको जगेर्ना तथा विकास गर्ने अधिकार हुन्छ र यसमा राज्यव्यवस्थाको दायित्यलाई नकार्न सकिदैन । नेपालको संविधानले सबै नागरिकलाई समान हक अधिकारको सुनिश्चितता गरेको छ । राज्यव्यवस्थाको सयकडौं वर्षको ढाँचा फेरिएको छ । तर ढाँचा फेर्देमा कैयन सामाजिक मान्यतामा परिवर्तन आएको छैन । यसमा प्रशस्त अन्तरविरोधहरु पनि रहेको कुरा मलाई स्विकार्न संकोच छैन ।
अन्तमा, म राजनीतिकर्मी हुँ । राजनीतिकर्मीका सीमा, वाध्यता र अप्ठयाराहरु पनी हुन्छन । यस गरिमामय सभामा मलाई निमन्त्रणा गरेकोमा मैले आफुलाई धन्य ठानेको छु , यतिमात्र होइन भविष्यमा पनि म तपाईहरुको साथमा रहने प्रण गर्दछु । म जुन राजनीतिक पार्टीप्रति प्रतिवद्ध छु त्यस मार्फत पनि सदा यस संस्था र यो समुदायको हक हितमा समर्पित रहने छु भन्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।
साहित्य समाजको एैना हो र यसको राजनीतिक सिमा हुँदैन । त्यस्तै संस्कृति व्यक्ति र समुदायको पहिचान हो । यसको सुरक्षा र संवर्धनमा म सदा तपाईहरुको साथ रहने छु । यो अलौकिक भूमिमा तपाईहरुले मलाई बोलाएर जुन मान र सम्मान दिनुभयो त्यसले म भावविह्ल भएको छु । मलाई लाग्दछ यो म माथि महागुरु फाल्गुनन्दको कृपा हो । हामी सबैलाई महागुरु फाल्गुनन्दको कृपा बर्सीरहोस । भन्नु भयो ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209