Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालको प्रचार गर्न पर्यटन बोर्डबाट एक करोड लिएर विदेशी नागरिक फरार कुन प्रकृया बाट किन दीईयो यत्रो रकम ?

नेपालको प्रचार गर्न पर्यटन बोर्डबाट एक करोड लिएर विदेशी नागरिक फरार कुन प्रकृया बाट किन दीईयो यत्रो रकम ?

काठमाडौं । नेपालको पर्यटन प्रचार गर्ने भन्दै पर्यटन बोर्डबाट एक लाख अमेरिकी डलर(एक करोड १३ लाख रुपैंयाँ) लिएर एक विदेशी फरार भएका छन् ।विश्वका चर्चित कलाकारलाई नेपाल घुमाएर प्रचार गर्ने भन्दै रकम बुझेपछि जर्मन नागरीक माइकल कोबाल्ड सम्पर्कविहीन भएका हुन ।

उनले अमेरिकाबाट पुराना दमकल ल्याएर हिमाली जिल्ला पुर्‍याएर नयाँ शैलीमा प्रचार गर्ने कार्यक्रममा सम्झौता गरेका थिए ।‘नेपाल फायर ट्रक एक्सपिडिसन’ नामक उनको कार्यक्रमका लागि बोर्डले दुई लाख डलर सम्झौता गरेर एक लाख डलर सुरुमै दिएको थियो ।सार्वजनिक खरिद ऐनअनुसार विनाप्रतिस्पर्धा यसरी सम्झौता गर्न मात्र होइन, सुरुमा आधा भुक्तानी गर्नसमेत मिल्दैन । -नयाँ पत्रिका दैनिकबाट