Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ठोरी गाउपालीकाबाट दक्षिण कोरिया पुगेका युवाहरूले "ठोरी समाज दक्षिण कोरिया समिति" गठन

ठोरी गाउपालीकाबाट दक्षिण कोरिया पुगेका युवाहरूले "ठोरी समाज दक्षिण कोरिया समिति" गठन

काठमाडौं ,वैदेशिक रोजगारी तथा उच्च शिक्षा अध्ययनको सिलसिलामा जील्ला पर्सा ठोरी गाउपालीकाबाट दक्षिण कोरिया पुगेका युवाहरूले "ठोरी समाज दक्षिण कोरिया समिति" गठन गरेका छन । आइतबार बसेको पहिलो महाधीवेशन भेलाले ठोरी-४, मिलचोक स्थायी घर भई हाल दक्षिण कोरिया मा कार्यरत युवा समाजसेवी निरज पाख्रीनको अध्यक्षतामा , अर्का युवा नीर ब लोप्चन सरक्षक रहने गरी ३६ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

दक्षिण कोरिया मा छरिएर रहेका ठोरी गापाका सम्पुर्ण युवाहरूलाई एकताबद्ध गरि सुखदुखमा साथ दिन, कोरिया तथा आफ्नो गाउँटोलमा भईपरि आउने समस्याहरुलाई प्रवासबाट पनि योगदान दिने उदेश्यले यो संस्थाको स्थापना भएको यसै सस्थाका वरिष्ठ उपाध्यक्ष सुमित खड्काले जानकारी दिएका छन । ।

अध्ययन र रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका ठोरी गापाका विभिन्न स्थानका युवाहरूले यस अघि पनि आपसमा समन्वय गर्दै र आपतकालीन अवस्थामा सहयोग आदानप्रदान गर्दै आइरहेका छन ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष निरज तामाङ, वरिष्ठ उपाध्यक्ष सुमित खड्का, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष राज लोपचन, महासचिव प्रदिप तिमिल्सिना, सचीव पुष्पा पाख्रीन, सचिव बिरेन पाख्रीन, कोषाध्यक्ष सागर न्यौपाने, सहकोषाध्यक्ष अर्जुन लामा लगायतका पदाधिकारी निर्वाचित भएका छन् । त्यस्तै सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार पदम श्रेष्ठ, रन्जित श्रेष्ठ, ओकराज लामा, वीर बिक्रम बिक, नवराज श्रेष्ठ र संरक्षक संयोजकमा नीर बहादुर बोम्जन र युवा संरक्षकमा बिनोद पाख्रीन सहित ३६ जना संस्थापक सदस्य चयन भएको छ ।

सामाजिक कार्यहरूमा हातेमालो गर्ने उदेश्यका साथ गठन गर्न बसेको उक्त भेलालाई उपाध्यक्ष तथा युवा समाजसेवी राजेन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए ।भेलामा उपस्थित हुन नसकेका र यो समाचारको आधारमा जानकारी पाएका ठोरीवासी युवाहरुलाई संस्थाको सम्पर्कमा आईदिनुहुन ठोरी समाज दक्षिण कोरीया हार्दिक अपिल गर्दछ।