Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डा. तोसिमा कार्कीले ललितपुरमा हैजा फैलिएको भन्दै स्वास्थ्य मन्त्रालय देखी खानेपानी सम्मलाई पठाईन पत्र

डा. तोसिमा कार्कीले ललितपुरमा हैजा फैलिएको भन्दै स्वास्थ्य मन्त्रालय देखी खानेपानी सम्मलाई पठाईन पत्र

काठमाडौं। पछिल्लो समय काठमाडौ उपत्यकाम लगाएत देशका बिभिन ठाउँमा हैजाको जोखिम बढेको छ । ललितपुर जिल्लाको गोदावारी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानका १६ जनामा हैजा सङ्क्रमण देखिएको ईडीसीडीले जनाएको छ ।हैजाको संक्रमण बढेपछि ललितपुरबाटै निर्बाचित रास्प।वपा सांसद डा। तोसिमा कार्कीले विभिन्न निकाएको ध्यानाकर्षण गराएकी छिन् । उनले मानिसमा अतिशीघ्र कडा जलवियोजन भई मृत्युसमेत हुन सक्ने जोखिम भएको भन्दै ध्यानाकर्षण गराएकी हुन् । स्वास्थ्य मन्त्रालय, खानेपानी मन्त्रालय, रोग नियन्त्रण महाशाखा, लगाएतमा पत्र समेत पठाई सकेकी छिन् । बृहत सचेतना कार्यक्रमहरु सञ्चालन गर्न समेत आग्रह गरेकी छिन् ।उनले लेखेको पत्रमा भनेकी छिन् । मानिसमा अतिशीघ्र कडा जलवियोजन भई मृत्युसमेत हुन सक्ने जोखिम भएको तिव्र सङ्क्रामक भइ महामारीका रूप लिन सक्ने हैजाका बिरामी यस वर्ष साउन ७ गते ललितपुरबाट सुरू भइ आजसम्म ४ जिल्लामा यस संक्रमण देखिएको छ । आजसम्ममा देशभरि ३७ जना हैजाबाट संक्रमित भएकामध्ये ललितपुरमा २६ जना, कैलालीमा ८ जना, प्युठानमा २ जना र काठमाडौँमा एकजना रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क छ ।यस सङ्क्रमण यथाशीघ्र नियन्त्रण नगरिएमा यसले महामारीको रूप लिइ स्वास्थ्य संकट सृजना गर्नसक्ने आकस्मिकतालाई अवमूल्यन गर्न सकिँदैन ।

तसर्थ, हैजाको सम्भावित महामारी नियन्त्रण र द्रुत प्रतिकार्यप्रति संवेदनशील बनि यथाशीघ्र निम्न कदम चाल्नुहुन अनुरोध गर्दछु । १ हैजा नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण मानिने व्यक्तिगत तथा वातावरणीय सरसफाई र स्वच्छ खानेपानीबारे देशव्यापी रूपमा स्थानीय सरकार र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा जनस्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, टोल सुधार समिति लगायतका स्थानीय समूह समेतलाई सहभागी गराइ बृहत सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने ।२ हैजा संक्रमण देखिएका जिल्लाहरू र विशेषतः ललितपुरमा ९सबैभन्दा बढि संक्रमण देखिएकाले० सार्वजनिक स्थानहरूमा हैजाबाट बच्नका लागि पानी शुद्धिकरण तथा क्लोरिनेसन, व्यक्तिगत र वातावरणीय सरसफाइका उपाय लगायतका जानकारीमूलक पेम्प्लेट, पोस्टरहरू टाँस्नुका साथै स्थानीय सञ्चारमाध्यमबाट प्रकाशन, प्रसारण गर्ने ।३ललितपुर जिल्ला लगायत हाल हैजा संक्रमण देखिएका जिल्लाहरूमा स्वास्थ्य चौकी मार्फत पानि शुद्धिकरणका लागि स्थानीय बासिन्दालाई उपलब्ध हुनेगरि निःशुल्क पिउस वितरण गर्ने गराउने । ४देशैभरिका खानेपानी उपभोक्ता समितिहरू तथा खानेपानी वितरण गर्ने कम्पनीहरू समेतलाई क्लोरिनेसनको बारेमा अनिवार्य रूपमा प्रशिक्षण तथा अभिमुखीकरण गरि सोही बमोजिम गर्न लगाउने । ५ मनसुनका कारणले विभिन्न स्थानमा बाढी, पहिरो लगायतका प्रकोपका कारण खानेपानी तथा ढलको पाइप फुट्ने, पानीका मुहानहरू सङ्क्रमित हुने भइरहेको हुँदा जोखिमयुक्त क्षेत्रहरूमा समेत माथि उल्लेखित कार्यक्रम सञ्चालन गर्ने ।माथि उल्लेखित कार्यहरू यथाशीघ्र सञ्चालन गर्नुपर्ने हुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा खानेपानी मन्त्रालय मातहतका निकायहरूसँग समन्वय गर्न अनुरोध गर्दछु । उनले पत्रमा उल्लेख गरेकी छिन् । पछिल्लो समय हैजाको संक्रमण तित्र्र रुपमा फैलिन थालेको छ । यसलाई समयमै नियन्त्रण गर्न नसके महामारीको रुप लिने कुरामा दुईमत छैन ।