Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हेलिकप्टरमा ज्यान गुमाएकाहरुको शब् यस्तो हालतमा अस्पतालमा पुग्यो ,नेपालमा डरलाग्दो दुर्घटना

हेलिकप्टरमा ज्यान गुमाएकाहरुको शब् यस्तो हालतमा अस्पतालमा पुग्यो ,नेपालमा डरलाग्दो दुर्घटना

काठमाडौँ, एकपछि अर्को हवाई दुर्घटनाले मुलुकको समग्र हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जिएको छ। पछिल्ला दिनमा मुलुकको हवाई सुरक्षाबारे उच्चस्तरीय छलफल चलिरहेका सन्दर्भमा आज भएको हवाई दुर्घटनाले पुनः यो क्षेत्रलाई पुनःतरङ्गीत बनाएको छ। हिजो दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ ।

शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट पनि गर्नुपर्ने तयारी छ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको थियो । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दुई हप्ता नपुग्दै हिजो एयर डाइनेस्टेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

मृत्यु हुने चिनियाँ नागरिकहरूमा जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहनुभएको छ। मृतक सबैको शव सङ्कलनगरी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ। हिजो दिउँसो १ ः ५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

दिउँसो २:१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो। सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ। आयोगलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ।

प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट’ अनुसार नेपालको हवाई इतिहासमा कूल एक सय १० हवाई दुर्घटनामा नौ सय ६५ जनाको मृत्यु भएको छ। यो हेलिकप्टर र विमान दुवै दुर्घटनाको विवरण हो। नेपालमै पहिलो पटक सन् १९७९ मा लाङ्टाङमा हेलिकप्टर दुर्घटना भएको थियो। लाङ्टाङमा भिभिआइपी हेलिकप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भयो। त्यसयता आजको हेलिकप्टर दुर्घटना एक सय १०औँ दुर्घटना हो। हवाई सुरक्षाका दृष्टिले नेपाली आकाश हवाई जहाजलाई मात्रै होइन, हेलिकप्टरहरुका लागि पनि अति नै असुरक्षित रहेको देखिएको छ ।

विकट तथा कठिन भौगोलिक क्षेत्रमा प्राकृतिक विपत् पर्दा र स्थानीय तथा पर्यटकहरु बिरामी पर्दा उद्धारका हेलिकप्टर प्रभावकारी यातायात साधन बनेको छ । दुर्गम क्षेत्रमा ढुवानी मात्र होइन, हिमाली भेगमा पर्यटकहरु ओसारपसारमा हेलिकप्टर प्रयोग बढ्दो छ ।पर्यटकीय सिजनमा खुम्बु, अन्नपूर्ण र हुम्लाको सिमकोट क्षेत्रमा अधिक हेलिकप्टर उडान हुने गरेको छ । इनरुटका डाँडाकाँडामा आफ्नो आँखाले देखिने भूगोल पहिल्याउँदै उड्नु पर्ने भएकाले हुस्सु लागेको बेला बढी जोखिम हुने गर्छ ।हेलिकप्टरले धेरै अवस्थामा हेलिप्याड नभएको स्थानमा ल्याण्ड गर्नुपर्ने बाध्यतासमेत हुन्छ ।

भएका हेलिप्याडहरुमा सुधार गरेर दुर्घटना न्युन गर्न सकिने भएपनि त्यसतर्फ कसैले ध्यान दिएको छैन । हेलिकप्टर उडानमा पाइलट र त्यसको चेकजाँचका कम्पनीका कमजोरीका घटना पनि देएिका छन् ।