काठमाडौँ, नेपालमा अब भारतीय टेलिभिजन च्यानलहरु बन्द हुने भएका छन् । नेपालीहरुले सबै भन्दा बढी हिन्दी सिरियलहरु हेर्ने गरेका मुख्य च्यानल नै बन्द भएका हुन् । भारतिय च्यानल स्टार प्लस, जी टिभी, सोनी र कलर्सहरुको प्रशारण अब नेपालमा रोकिने भएकामे हो । नेपालीहरुको घर घरमा सायद महिला दिदी बहिनीहरुले सबै भन्दा बढी हेर्ने च्यानल भनेकै यि नै हुन् ।
अझ भन्दा धेरै नेपाली महिला दिदीबहीनीहरुको मन पर्ने पारिवारीक ड्रामाहरु यी नै च्यानल मार्फत प्रशारण हुन्थे । विभिन्न रुर्यालिटी शो आउने भएकाले महिला दिदी बहिनी मात्रै नभएर कति पय पुरुषहरुले पनि यी च्यानल हेर्ने गरेका थिए । अहिले भने यि च्यानलको प्रशारण नै रोकिएको हो । च्यानल प्रशारक र वितरकबीचको वित्तीय समस्याका कारण हाल उक्त च्यानलहरु उपलब्ध नरहेको सेवा प्रदायकहरुले जनाएका छन् । सेवा प्रयोगबापत गर्नुपर्ने भुक्तानीका लागि नेपाल राष्ट्र बैंकले सटही सुविधा उपलब्ध नगराएकाले यो समस्या निम्तिएको सेवा प्रदायक बताउँछन् । विगतमा इन्टरनेट सेवामा पनि यस्तै समस्या उत्पन्न भएको जानकारी अहिले फेरि राष्ट्र बैंकबाट सोही समस्या उत्पन्न भएको हो।
सेवा प्रदायकहरुले ग्राहकलाई एसएमएस पठाउँदै सेवा उपलब्ध नभएकोबारे जानकारी गराएका छन् । यस अगाडी पनि ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले सःशुल्क प्रसारण हुने विदेशी च्यानल केहि समय बन्द गरेकोृ थियो । तर, यस्ता सिरियलहरुले मानिसहरुको दिमागमा अनावश्यक वस्तुहरुको फोहोर थुर्पार्दै गएका छन् ।
नेपालमा ठुलो संख्यामा गृहिणीहरु दिनभर हिन्दी सिरियल हेरेर समय बिताउने गर्दछन् । यस्ता सिरियलहरुमा महिलालाई एउटै प्याटर्नमा देखाइने गरिन्छ । या त उनी एउटी अवला नारी हुन्छिन् । जसमाथि सधै हिंसा भईरहन्छ । या उनी एउटी आदर्श बुहारी हुन्छिन् । जो सधै भान्सामै रमाइरहन्छिन् र श्रीमान र परिवारलाई बचाउनका लागि उनी ज्यान दिन पनि तयार हुन्छिन् ।
एउटी साधारण अन्तरमुखी सोझी युवतीलाई सधै कुर्ता सुरुवालमा चस्मा लगाएको देखाइन्छ भने भिलेन र स्मार्ट युवतीलाई आधुनिक र छोटा कपडामा प्रस्तुत गर्ने गरिन्छ । सबै भन्दा हाँस्यास्पद विषय त यस्ता सिरियलमा सधै महिला नै भिलेन हुने गर्दछन् । सुन्दा यो विषय सामान्य लागे पनि यसले समाजमा पार्ने प्रभाव निकै गम्भीर हुन्छ । आन्द्र विश्वविद्यालयको अनुसन्धान अनुसार यस्ता सिरियलमा देखाइएका नकारात्मक विषयवस्तुका कारण महिलाहरु वास्तविक जीवनमा पनि नकारात्मक रुपमै प्रभावित भइरहेका छन् । अहिले धेरै कुरा देखा सिखीले पनि प्रभावित बन्ने गरेको छ ।