Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दूर,टीका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दूर,टीका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

काठमाडौँ,राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीका समेत लगाउन नपाउने नियम हटेको छ । राष्ट्रिय परिचय पत्रमा नै आफ्नो पोशाक र पहिरन लगाउन नदिएको भन्दै निकै आलोचना बढेको थियो । तिब्र आलोचना बढेपछि संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ।

यसअघि सिन्दूर, टिका हटाएर फोटो खिच्न लगाइन्थ्यो । तर जनस्तरबाट आलोचना भएपछि विभागले यस्तो निर्णय गरेको हो । गृहमन्त्रालय अन्तरगत रहेको विभागले एक परिपत्र जारी गर्दै फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने । फोटो खिच्दा सिन्दूर, टीका, राष्ट्रियता झल्कने टोली, धार्मिक, सांस्कृति तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो । कजबचभतजष्क कजबचष्लन दगततयल सिन्दूर पोते र टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन भन्दै सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाई रहेका सबै र राष्ट्रिय परिचयपत्र इकाइलाई ४ बुँदे निर्देशनसमेत जारी गरेको छ । जारी गरेको निर्देशनमा भनिएको छ । प्रस्तुत विषयमा राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन देहाय बमोजिम गर्नु गराउनुहुन अनुरोध छ।

देहायः

१, राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुबै कान देखिने गरी फोटो खिच्नुपर्नेछ । फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन ।

२, राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजातहरू राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनको लागि सम्भव भएसम्म सकल वा छायाप्रतिमा सम्बन्धित व्यक्तिले सकल बमोजिम नकल ठिक छ भनी प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडी बढाउने।

३, व्यक्तिको नागरिकतामा केही विवरणहरू स्पष्ट नभएको खण्डमा सीआइएमएस नागरिकताको अभिलेखबाट समेत रुजु गरी विवरण दर्ता को व्यवस्था मिलाउने।

४, त्यहाँ कार्यालयमा अन्य जिल्लाका नागरिकहरूले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेस गरेमा विवरण दर्ताको व्यवस्था मिलाउने । उक्त निर्देशनमा भनिएको छ । यस अगाडीको नियमलाई लिएर सर्बत्र आलोचना भईरहेको थियो । राष्ट्रय परिचय पत्रमा नै राष्ट्रियता झल्कीने बस्तु र नारीको श्रृङगारलाई मेटाउनु पर्ने भन्दै सबैले आलोचना गरेका थिए ।