Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौं महानगरको आग्रह

डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन आग्रह गरेको छ ।

अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।