Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीद्वारा शुभकामना

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीद्वारा शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाईपाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हाल्न सफल भएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै उनले पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन उनिसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताएका छन् ।

यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री ओलीको कार्यकालमा द्विपक्षीय सहयोगका साथै क्षेत्रीय सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास प्रधानमन्त्री शहबाजले व्यक्त गरेका छन ।