Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमार्फत मोदीले ओलीलाई शुभकामना दिदै दुई देशको सम्बन्ध र मित्रतालाई अझ बलियो बनाउन र दुई पक्षीय हितको विषयमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले लेखेका छन्-  नेपालको प्रधानमन्त्रीको रुपमा तपाईको नियुक्तिमा । हाम्रा दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र हाम्रा जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न नजिकबाट काम गर्न तत्पर छौं।