Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मोदी र पुटिनबिच भेटवार्ता

मोदी र पुटिनबिच भेटवार्ता

काठमाडौँ । रुसको दुई दिने भ्रमणका लागि सोमबार मस्को पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लेटफर्म एक्सको ह्यान्डलमा भेटका केही तस्बिरहरू पोस्ट गरेका छन्।

२२औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी सोमबार साँझ मस्को पुगेका हुन् । यहाँ राष्ट्रपति पुटिनले उनका लागि निजी डिनरको आयोजना गरेका थिए । पुटिनले भने, ‘तपाईलाई हार्दिक स्वागत छ । तपाईलाई हेर्न पाउँदा खुसी लाग्यो। आज हामी घरको वातावरणमा अनौपचारिक रूपमा उही कुराहरू छलफल गर्न सक्छौं । जवाफमा मोदीले भने, ‘तपाईंले मलाई आफ्नो घरमा बोलाउनु भयो । तपाईंले आज साँझ सँगै कुराकानी गर्ने निर्णय गर्नुभयो । मलाई आफ्नो घरमा निमन्त्रणा दिनुभएकोमा म तपाईंलाई धेरै धेरै कृतज्ञता व्यक्त गर्दछु ।

‘यसअघि सोमबार साँझ मस्कोको भानुकोभो–२ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री मोदीलाई गार्ड अफ अनरले स्वागत गरिएको थियो । आज भारतीय प्रधानमन्त्री मोदीले भारत–रुस वार्षिक सम्मेलनमा भाग लिनेछन् । मोदीले आज मस्कोमा रहेका भारतीय प्रवासीहरूको समूहलाई पनि सम्बोधन गर्ने छन्।

रुस र अस्ट्रियाको तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री मोदी सोमबार मस्को पुगेका हुन् । प्रधानमन्त्री मोदी २२ औँ भारत-रुस वार्षिक सम्मेलनमा सहभागी हुनेछन्। रुस पुगेपछि मोदीलाई ‘गार्ड अफ अनर’ पनि दिइएको थियो ।