काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
पाँचखालको भक्रमदेवी मावि पाँचखाल–२ मा आयोजित स्वास्थ्य शिविरमा ५५५ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा आएका बिरामीमध्ये ६५ जनाको ईसीजी, ३१ जनाको ल्याब परीक्षण र ८८ जनाको भिडियो एक्सरे गरिएको छ । साथै १८ जनाको दाँत खोलिएको थियो । अन्य ४२ जना बिरामीलाई भने शल्यक्रियाका लागि केएमसी अस्पतालमा रेफर गरिएको छ ।
पछिल्लो समय सांसद शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएका छ ।