Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सांसद शर्माको नेतृत्वमा भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

सांसद शर्माको नेतृत्वमा भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा सुनीलकुमार शर्मा नेतृत्वको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

आज (सोमबार) भक्तपुरको गुन्डूमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय १ जना बिरामीको उपचार गरिएको हो । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) का प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार हिमाल एकेडेमीको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३७ जनाको ईसीजी, ५९ जनाको ल्याब परीक्षण र ९७ जनाको भिडियो एक्सरे गरिएको हो । यस्तै, ५५ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको हो ।

नेपाली कांग्रेसका सांसद शर्माले नेतृत्व सम्हालेपछि हाल केएमसी देशका विभिन्न जिल्लामा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।