Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकारमा भएपनि सरकार आफुहरुले चलाउन नपाएको गृहमन्त्री लामिछानेको गुनासो

सरकारमा भएपनि सरकार आफुहरुले चलाउन नपाएको गृहमन्त्री लामिछानेको गुनासो

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफु सरकारमा भएपनि सरकार अरुले नै चलाएको गुनासो गरेका छन् ।

गृहमन्त्री लामिछानेले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार फेरिदा पनि सत्ता नफेरिएको टिप्पणी गरेका हुन् । गृहमन्त्री लामिछानेले आफूले भ्रष्टाचारलगायत विभिन्न प्रकारका फाइल खोल्न चाहेपनि सत्ता पक्षबाट असहयोग भएको संकेत गरेका छन् ।

उनले भनेक छन्- ‘एउटा सरकार हुन्छ, अर्को सत्ता हुन्छ । सत्ता लामो समयसम्म कब्जा गरेर बसेको हुन्छ । सरकार फेरिँदा पनि सत्ता फेरिँदैन । नेपालमा सरकारमा त हामी छौं । सत्तामा त के–के छ, के–के छ ? त्यो सत्तालाई तोड्न अलिकति गाह्रो चाहीँ हुन्छ ।’

उनले बेथितिका कयौं फाइलहरु खोल्नेवित्तिकै साइन गर्नेगरी तयार होलान् भन्ने लागेको भए पनि त्यस्तो नभएको बताएका छन् । सय दिनको अवधिमा आफुले देशलाई नराम्रो हुने केहि काम नगरेको बताउदै भने- ‘नेपाली जनताको कसम आएर शपथ लिएर बसेको सय दिनमा मैले यो देशलाई नराम्रो हुने, यहाँका जनतालाई नराम्रो हुने एउटा पनि काम गरिन ।’

गृहमन्त्री लामिछानेले गृह मन्त्रालयमा हेल्प डेस्क स्थापना गरेर दैनिक सयौं मानिसहरुलाई सेवा दिइरहेको बताउदै अन्य संयन्त्रबाट पनि चुस्तदुरुस्त सेवा दिइरहेको दाबी गरे ।