काठमाडौँ । नक्साल ढुङ्गेधारा (गाःहिटी) को निकास थुन्ने तीन घरलाई प्रतिघर २ लाखको दरले काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ । जरिवाना तिराएर जरिवानाबाट प्राप्त रकमबाट रमहानगरले पानीको निकास खोलिसकेको छ ।
विगत ४० बर्षअघिदेखि पानीको निकास बन्द भएको निकास सम्बन्धी समस्या समाधान भएको महानगरका मेयर बालेन साहले सामाजीक सञ्जाल एक्स मार्फत जानकारी दिएका छन् । उनले नक्साल ढुङ्गेधारा पुनरुत्थान भएको पनि बताएका छन् । उनले सामाजीक सञ्जाल एक्समा लेखेका छन् । पानीको निकास थुन्नेलाई जरिवाना तिराएर त्यही जरिवानाबाट निकास खोलियो: नक्साल ढुङ्गेधारा पुनरुत्थान हुँदै १ विगत ४० बर्षअघिदेखि पानीको निकास बन्द भएको निकास सम्बन्धी समस्या समाधान !! उनले भनेका छन् । केहि समय अगाडी देखि महानगरर भित्र पुरिएका सार्वजनीक धारा कुवा, ईनारको खोजी गरिरहेको छ ।
नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी) पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको छ । पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनर्निर्माण गर्ने यसका ३ वटा मुख्य समस्या थिए । समस्या पहिचान गर्ने क्रम गएको वर्ष २०८० असोज महिनाबाट सुरु भएको थियो । पानीको निकास सम्बन्धी समस्या पत्ता लागेपछि महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) अवस्था हेर्नपुगेका थिए । उनको अवलोकनपछि कामले तीव्रता पाएको छ । हिति संस्कृतिका बाधा पहिचान गर्ने क्रममा स्थानीयसँगको छलफल, स्थलगत र अभिलेखबाट पूर्वावस्थाको विश्लेषणबाट पानीको निकास दिइएको ठाउँमा ३ वटा घरले निकास थुनेको पत्ता लागेको थियो । निकास खोलिएको र अबको काम मुहान खोज्ने त्यस्तै भौतिक पूर्वाधार पुनरुत्थानको काम बाकी छ ।
धाराको निकास रोकिएको विषय पुरातत्त्व विभागले २०३९ सालमा अभिलेखन गर्दाको दस्ताबेज ‘काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरूको विवरण’ मा उल्लेख गरिएको छ । ‘गाहिटि भएकोले बेला बेलामा निकास बन्द भई पानी जम्ने गर्दछ । विगत ४० वर्षअघिदेखि पानीको निकास बन्द भएको थियो । पुरातत्त्व विभागको अभिलेख तयार पार्दा स्थापना, पानीको स्रोत तथा मुहान, यससँग सम्बन्धित सांस्कृतिक, सामाजिक पक्ष भए नभएको उल्लेख गरिएको छैन ।
धार्मिक पक्ष उल्लेख गर्दै ऐतिहासिक विवरण शीर्षकमा, ‘लिच्छवीकालीन वास्तुकलामा एक अनुपम नमुनाको रूपमा रहेको यो गाहिटि (ढुङ्गेधारा) को रूपमा मात्र नभई उमामहेश्वर एवं प्राचीन शिवलिङ्ग स्थापना भएको धार्मिक पुण्य स्थलका रूपमा कायम रहँदै आएको थियो’ भनिएको छ । हितिको प्रयोग ‘दैनिक पूजाआजा र जल चढाउनका लागि हुने गरेको’ विवरणमा उल्लेख छ । विवरणमा उल्लेख भएका क्रियाकलाप हेर्दा पनि जल सम्पदासँग धार्मिक, सामाजिक र सांस्कृतिक प्राचीन सम्बन्ध अझ केलाउनु पर्ने देखिएको छ ।