Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हमास नियन्त्रणमा रहेका चार बन्धकको जिवितै उद्धार

हमास नियन्त्रणमा रहेका चार बन्धकको जिवितै उद्धार

काठमाडौं । इजरायलले हमासको कैदबाट आफ्ना चार बन्धकलाई मुक्त गरेको छ ।

इजरायली सेनाले ती बन्धकहरूलाई उद्धार गर्न विशेष अभियान सुरु गरेको थियो। प्यालेस्टिनी अधिकारीहरूले बन्धकहरूलाई मुक्त गर्न इजरायली कारबाहीमा धेरै सर्वसाधारण मारिएको बताएका छन् ।

रिहा भएपछि बन्धकहरुले आ–आफ्ना परिवारलाई भेटेका थिए। नोआ अरगामनी , अलमोग मिर , आन्द्रेई कोज्लोभ र सलोमी जिभलाई शनिबार उद्धार गरिएको हो । यी सबै इजरायली नागरिकलाई हमासले नोभा म्युजिक फेस्टिभलबाट अक्टोबर ७ मा अपहरण गरेको थियो।