Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेनलाई लक्षित गर्दै ओलीले भैँसीको ढाडमा लात्ती हानेँ भनेर झिँगा दंग पर्छ भनेपछि..

बालेनलाई लक्षित गर्दै ओलीले भैँसीको ढाडमा लात्ती हानेँ भनेर झिँगा दंग पर्छ भनेपछि..

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउन भनेपछि यतिबेला ओलीले पनि बालेनलाई लक्षित गर्दै जवाफ फर्काएका छन ।

ओलीले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लगाएको आरोपको जवाफ फर्काएका छन्। पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले मेयर बालेनको टिप्पणीलाई ’भैंसीको ढाडमा झिँगाले लात्ती हानेँ भनेर दंग परेजस्तै’ भन्ने टिप्पणी गरेका हुन्। उनले बालेनलाई लक्षित गर्दै भने, ‘भैँसीको ढाडमा झिंगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन, झिँगा दंग परेको हुन्छ, चार लात हानेँ भनेर । म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ। म राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ। असभ्य राजनीतिमा होइन भन्ने पक्षमा छु ।’

आज चितवन भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा आफूले कसैसँग अनावश्यक ढंगको विवादमा पर्न नचाहेको बताएका हुन । ढाडमा बसेको भिँगाले ढङ्ग परेर चार लात्त हाने भन्ने सोचेपनि भैँसीलाई केही फरक नपर्ने उनको भनाइ छ । यता केही दिन अघि मात्र ओलीले गिरिबन्धु टी–स्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् । संसद् भवन बाहिर गिरिबन्धु टिस्टेबारे प्रश्न उठिरहेको छ नि भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले मेयर साहलाई सोध्न आग्रह गरेका थिए । बालेनको उक्त आरोपमा एमाले नेता तथा कार्यकर्ताहरुले खण्डण र आलोचना गर्दै आएको भएपनि ओली भने मौन थिए । मौन बसेका ओलीले सञ्चारकर्मीहरुले प्रश्न गरेपछि उक्त विषयमा बोल्न बाध्य भएका हुन् । ओलीले आफूबारे लागेको आरोपमा भैंसीको ढाडमा भिँगा बसेर केही नहुने बताए ।

यता मेयर बालेन शाहले यसै साता बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका थिए ‘१० हजार करोड को काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ “ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन । यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’ उनले लेखेका थिए ।