१७,जेष्ठ २०८१ काठमाडौँ ।
काठमाडौंको त्रिवि शिक्षण अस्पताल ९टिचिङ हस्पिटल०को कम्पाउण्डभित्रै मापदण्ड विपरित फार्मेसी सञ्चालन गरेको भेटिएपछि काठमाडौँ महानगरपषलीका बाट खटिएको टोलिले ताला लगाएको छ । काठमाडौं महानगरपालिकामा टिचिङ हस्पिटल अगाडि म्याद नाघेको औषधि बेचेको गुनासो आएपछि महानगरको स्वास्थ्य विभागले अनुगमन गरेको थियो ।
फार्मेसीमा रहेको भ्याक्सिनलाई राख्नुपर्ने तापक्रमको मापदण्डमा नराखेको, अनुमतिबिनै नार्कोटिक्स ड्रग्सजन्य औषधी बेचिएको समेत पाइएको छ । ताला लगाएका फार्मेसीहरुलाई महानगरले कानुन बमोजिम कारबाही र जरिवाना गरेर मात्रै टिचिङको कम्पाउन्ड बाहिर चलाउन दिने बताएको छ । टिचिङको कम्पाउन्डमा निजी फार्मेसी राख्न नमिल्ने नियम रहेको भन्दै अन्य फार्मेसीलाई पनि बाहिर पठाउने तयारी महानगरले गरेको छ । महानगरकी निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनका अनुसार पानोर्मा र पञ्ज–जन्य गरी २ वटा फार्मेसीमा ताला लगाईएको छ । बिरामी बच्चालाई म्याद नाघेको औषधि बेचेको समेत फेला परेको छ । फार्मेसी सञ्चालन गर्नुपर्ने न्यूनतम मापदण्ड पालना पनि नगरेको बताईएको छ । पछिल्लो समय महानगरको स्वास्थ्य शाखाले निगरानी बढाएको छ ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएका ११८ वटा औषधि पसल अनुगमन गर्दा कुनैले पनि आधारभूत मापदण्ड पालना गरेको नभेटिए पछि मेयर बालेन शाह आक्रोसित बनेका थिइए । त्यसपछि लगत्तै काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अनधिकृत व्यक्तिले औषधि बेचिरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन विना नै बिक्री भइरहेको गुनासो आइरहेको भन्दै मेयर बालेन शाहले त्यस्ता पसलहरूले तत्काल बारवाहि गर्ने चेतावनी समेत दिएका थिए ।
गएको मंसिर २९ भित्र आवश्यक कानूनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा नगर्ने औषधि पसल बन्द गरिने बालेनले चेतावनी दिएका थिए । बालेनको चेतावनीलाई अवज्ञा गर्दै मेडिकलहरुले अवैधकाम गर्न नछाडे पछि स्वास्थ्य बिभागले छापा मारेको हो । अहिले बालेनले यो काम गर्न स्वास्थ्य बिभागलाई जिम्मा दिएका छन् । त्यसैले विभागले निगरानी बढाएको छ ।
पछिल्लो समय यस्ता अबैध रुपमा औषधी बेच्ने पसलहरुमा अस्पताल भित्रैकै पसल पर्न थालेका छन् । यता नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोको टोलीले पनि उपत्यका लगाएत देश भरमा अनुगमन गरिरहेको छ । ब्युरोको टोलीले पनि उपत्यका भित्रका विभिन्न औसधी पसलमा लागु औषध बिक्रीमा रहेको थाहा पाएपछि निगरानी बढाएाके छ । औषधी पसलहरुले मन लाग्दी लागु औष्ध बेचेको स्थानियहरुले बताउँदै आएका थिए ।