Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लालीगुराँस डटकमको ८ बर्षको यात्रा :सधै भुईमान्छेको आवाज मात्रै सुन्यौं

लालीगुराँस डटकमको ८ बर्षको यात्रा :सधै भुईमान्छेको आवाज मात्रै सुन्यौं

                                       सम्पादकीय

आज लालीगुराँस डटकम ८ औ बर्ष पार गरि ९ औ बर्षमा पाइला टेकेको दिन ,सिंगो सूचनालाई समाचारमा प्रस्तुत गर्दै २०७२ शालामा स्थापना भएको यस लालीगुराँस डटकम हरेक समय जनताको चासो र बिचार संग केन्द्रित रहयो। हामीले जनताकै चाहना अनुरुप समाचार प्रकाशन तथा प्रशारण गर्दै आयौ। २०७२को भुकम्पले थलिएको देश र सोहि समयमा आफ्नो सस्था लालिगुराश डटकम स्थापाना हुदै गर्दा निकै शंघर्षले यस सस्था जन्मिएको थियो। सस्था जन्मिएको पहिलो बर्षमै देशमा ठुलो भुकम्प गयो ,त्यस लगातै देशले फेरी नाकाबन्दीको मार झेल्न पर्यो। भारतको स्वघोषित नाकाबन्दीको प्रभाब हाम्रो लालीगुराँस डटकमलाइ पनि प्रत्यक्ष परेको थियो।

एउटा सानो टिमबाट सुरु गरिएको लालीगुराँस डटकमले अनलाइन रेडियो पनि संचालन गरेको थियो। रेडियोको सो समय निकै माग थियो।डिजिटल तिर भन्दा बढी रेडियो सुन्नेहरुको होडबाजी हुने हुदा अनलाइन रेडियोलाई पनि लालीगुराँस डटकमले बिशेष प्राथमिकता दिएको थियो।पछि अनलाइन रेडियोलाइ भने निरन्तरता दिन सकेनौ। लगातै युटुब च्यानल मार्फत लालीगुराँस डटकमले डिजिटल प्लेटफर्मलाइ समायो र यसैमा टेकेर निरन्तर समचारमुलक अन्तरबार्ताहरु प्रस्तुत गर्दै आयो। विशेषगरी मनोरन्जानात्मक संदेश बोकिएको अन्तरबार्ताहरुलाई यस सस्थाले बिशेष प्रथामिकता दिदै आयो। सस्थाको अध्यक्ष स्वयम् कमल सरगम चौलागाईंले मनोरन्जनलाइ बिशेष प्रथामिकता दिदै आएका थिए सोहि अनुरुप पनि हुन सक्छ कला क्षेत्रले बढीनै विश्वास लालीगुराँस डटकमलाइ गर्ने गर्दथे।

लालीगुराँस फाउन्डेसन प्रालि द्वारा संचालित यस मिडियाहाउसले सूचनालाई अझ जनता सामु पुर्याउन पर्छ भनेर केहि फरक र केहि नौलो कार्यक्रमहरुपनि संचालन गर्दै आयो ,दुखमा परेकोहरुलाई मलम लगाउने देखि सुखमा रहेकाको जीवनको कथा सम्म समाबेश गर्ने गर्दै अगाडी बढ्यो। समस्यामा परेका नेपालीहरुको घाउमा मलम लगाउन पर्छ भनेर हरेक दुख पिडामा परेका नेपालीहरुको उद्धारमा अध्यक्ष सरगम स्वयम् आफै खट्दै अगाडी बढे।यसै मिडियाबाट सहयोग अभियाननै संचालन गरेर दुखमा परेकाहरुको मलम लगाउने प्रयास हर बखत लालीगुराँस डटकमले गर्दै आयो,अहिलेपनि यो कार्य निरन्तर छ। मनोरन्जन र दुखि गरिबको समस्या मात्रै सुन्दै आएको लालीगुराँसले अब देशको हरेक बेतिथी/समस्या र जनताको सानो सानो गुनासो पनि सुन्न पर्छ भन्ने हेतुले २ बर्ष देखि लगातार समाचारलाइ पनि डिजिटल शैलीबाट प्रस्तुत गर्न सुभासम्भ गर्यो।

समाचार पढ्ने हो हेर्ने हैन भन्ने एउटा जमातसंग लालीगुराँस हर समय लडिरहयो,संघर्ष निकै जटिल थियो,समस्या भित्रका समस्याहरु थुप्रिएका थिए यस बिचमा पनि निरन्तर बुलेटिन दिदै आउदा सबैको प्रेम र सदभाबले समाचार भिडियोमा पनि हेर्न सकिन्छ भन्ने उदाहरण लालीगुराँस डटकमले दिएको छ। आज सुचना दिनलाइ हामी कहिल्यै पछि हटेको छैनौ। हिजो डिजिटल माध्यममा फड्को मार्दै गर्दा समाचार अरुले सुन्ने र हामीले पढ्ने योजनालाई स्थापित गर्न निकै जटिल भएको लालीगुराँस डटकमका प्रबन्ध निर्देशक नेत्र बहादुर चौलागाईंले बताए।

कस्तो सूचनालाई बढी प्रथामिकता दिने र कुन शैलीबाट अगाडी बढ्ने भन्ने दोधारको बिचमा समग्र बेतिथिमा डटेर यस सस्था लाग्दै आएको छ। पहिल्लो समय सुनकाण्ड देखि भुटानी शरणार्थी सम्मको काण्डलाइ जरो सम्म पुगेर रिपोर्टिङ्ग गर्दै लालीगुराँस डटकमले निरन्तर खबरदारी गर्यो।देशमा सुशासन कायम गराउन पर्छ भनेर निरन्तर सुशासनको पक्षमा पाइला टेकेर सत्यतथ्य खबर प्रकाशन गर्दै आउदा कहिलेकाही हाम्रो सुचनामा पनि कमजोर पक्कै नभएको हैन तर हामी सकभर श्रोतसंग गहिरिएर बुझेर मात्रै सुचना सहित समाचार प्रकाशन गर्ने गरेको हुन्छौ। जनताले कस्तो समाचार हेर्न चाहन्छन र कस्तो अन्तरबार्तालाइ निहाल्छन भन्ने प्रश्नहरुको जवाफ अहिले लालीगुराँस बन्दा हाम्रो टिम उत्साहित छ।

हामी कुनै दल बिशेष छैनौ ,हामी कुनै नेता बिशेष पनि छैनौ हामी केवल सत्यको पक्षमा खरो कलम चलाउने प्रयासमा हुने गर्दछौ। समस्यामा सारथि बन्न सकियोस सत्रु हैन भन्ने नारालाई सिरमा राखेर हामीले सुचना प्रकाशन गर्दै आएका छौ। हामी कसैको धम्कि देखि डर नमानी निरन्तर सूचनालाई जोड दिएका छौ ,पिडामा परेकाको आवाज बनेका छौ ,सुखमा रमाएकाको एउटा प्रेरणा रुपी संदेश प्रशारण गर्ने माध्यम बनेका छौ।हाम्रा पाठक तथा दर्शकले पनि पक्कै यही चाहेको पाइन्छ।

सुचना,राजनीतिक खबर,मनोरंजन तथा खेलकुद,आर्थिकलाइ बिशेष प्रथामिकता दिदै आएको यस मिडियाहाउसले अझै परिमार्जित गर्दै सबै क्षेत्रको सबै सूचनालाई प्रथामिकता दिदै अगाडी बढ्ने छ। हिजो १ जनाबाट सुरु भएको यस मिडिया हाउस आज टिम बनेर अगाडी बढेको छ,एकजुट भएर समाज बदल्न लालीगुराँस निरन्तर लाग्ने छ ,लालीगुराँस डटकमको युटुबमा झन्डै ११ लाख र फेसबुक मार्फत झन्डै ९ लाख ३५ हजार बढी सदस्य आफ्नो बनाइसकेको छ। मिडियाले सक्रियता लिएको मात्रै ३ बर्ष भयो। ३ बर्षको अबधिमा यतिधेरै माया दिनुभएका सम्पूर्ण दर्शक ,हाम्रा पाठक तथा सुभचिन्तक प्रति लालीगुराँस डटकम परिवार साथै साथमा रहनेछ। त्यसैले त् भन्छौ हेर्न सुन्न र पढ्न सबै खबर सबैको लागि लालीगुराँस डटकम

हेर्दै रहनुहोला धन्यवाद