काठमाडौँ । शुक्रबारको आन्दोलनमा २ जनाको मृत्यु भए पछि कोरिया सरकारले यो बारेमा चिन्ता ब्यक्त गरेको छ । नेपालको अवस्था संवेदनशील बन्दै गएको भन्दै कोरिया सरकारले नेपालीको रोजगारीबारे चिन्ता व्यक्त गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीसँग मङ्गलवार भएको भेटमा नेपालका लागि कोरियाली राजदूत पार्क टी योङले गएको शुक्रवार भएको घटनामा ज्यान गुमाएको बिषयले गर्दा कोरियामा पनि यो बिषयमा चिन्त थपिएको छ । नेपालमा मात्रै होईन कोरिया पुगेर पनि नेपालीले प्रदर्शन गर्ने गरेको बताउँदै उनले नेपालीको भविश्य प्रति चिन्ता ब्यक्त गरेका छन् ।
धेरै देशमध्ये नेपाललाई बढी प्राथमिकतामा राखिएको र यहाँबाट बढी कामदार लैजाने प्रयास गर्दा उल्टै आन्दोलन हुँदा कोरिया सरकार चिन्तामा परेको छ । आफूहरू चिन्तित रहेको र यो विषय टुङ्ग्याउन छलफलमै रहेको राजदूत योङले बताएका छन् । अरू देशबाट कम सङ्ख्यामा कामदार कोरिया जाँदा गएको वर्ष नै नेपालबाट २१ हजार जनालाई लगेको स्मरण गराउँदै राजदूत योङले नेपाललाई प्राथमिकतामा राखेको विषय नेपाली युवाले बुझ्नुपर्ने बताएका छन् । तर नेपालीले कोरियामा पुगेर पनि आन्दोलन गर्ने र यहाँ पनि मान्छेको ज्यानै जाने गरी आन्दोलन हुनु गम्भीर विषय भएको भन्दै नेपाल–कोरिया सम्बन्धमा खलल आउने भन्दै चिन्ता ब्उक्त गरेका हुन् । उनले अहिले देखिएको समस्याको समाधान बिस्तारै हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
बैठकमा सचिव केवल भण्डारीले नेपालले कोरियाको रोजगारी गुमाउन नचाहेको भन्दै भाषा परीक्षामा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका थिए । नेपालबाट कोरिया जान चाहने युवा निकै धेरै भएकाले अहिले खुलाएका बाहेक अरू क्षेत्रमा पनि रोजगारी खुला गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै पानीजहाज निर्माण अर्थात् ’शिप बिल्डिङ’ को क्षेत्रमा फारम भरेका युवालाई अरू क्षेत्रमा पनि फारम भर्न दिन उच्च अदालतले आदेश दिएकाले यसमा सहजीकरण गरिदिन पनि मन्त्रालयले कोरियासँग आग्रह गरेको छ । जवाफमा राजदूत योङले भाषा परीक्षामा देखिएको विवाद नेपाल र कोरियाको प्राविधिक समिति ९टेक्निकल कमिटी० को बैठकले टुङ्ग्याउने बताएका छन् । ’शिप बिल्डिङ’ को क्षेत्रमा भाषा परीक्षा दिएकाहरूले उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन नपाएपछि विवाद हुँदा गएको शुक्रवार दुई जना युवाको ज्यान गएको थियो । त्यसपछि ’शिप बिल्डिङ’ मा फारम भरेकाहरूले उत्पादन क्षेत्रमा पनि फारम भर्न पाउने निर्णय सरकारले गरेको छ । यता ईपीएस कोरिया शाखाले पानीजहाज निर्माण अर्थात् ’शिप बिल्डिङ’ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ । मङ्गलवार बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप भएको विभागले निकालेको सूचनामा उल्लेख छ । यसअघि यही पुस १३ गते जारी सूचनामा पुस १६ देखि १८ गतेसम्मका लागि फारम भर्ने समय तोकिएको थियो । नयाँ सूचनाअनुसार परीक्षार्थीले अब पुस २० गतेसम्म फारम भर्न पाउने छन् ।