Shares
Shares
काठमाडौँ । दक्षिण कोरियामा कोरियाली विपक्षी दलका नेता लीमाथि पत्रकार सम्मेलनमै घाँटीमा छुरा प्रहार भएको छ । नेता लीमाथि पत्रकार सम्मेलन भइरहेको समयमै एक युवकले छुरा प्रहार गरेका हुन् ।
दक्षिण कोरियाली विपक्षी दलका नेता भनिएका ली जे म्युङमाथि छुरा प्रहार भएको हो । उनी पत्रकार सम्मेलनमा सम्बोधन गदै थिए ।
पत्रकारहरुसँग कुरा गरिरहेका बेला उनिमाथी छुरा प्रहार भएको हो । विपक्षी दलका नेता ली जे म्युङ दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणमा रहेको बेला उनि आक्रमण परेको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
कोरियाली समाचार एजेन्सीका अनुसार अहिले आक्रमणकारीलाई बुसानस्थित घटनास्थलबाटै पक्राउ गरी छानविन सुरु गरिएको छ ।
लीलाई एक अज्ञात व्यक्तिले घाँटीको देब्रे भागमा छुरा प्रहार गरेका हुन् । सुरुमा अटोग्राफ माग्दै लीको नजिक पुगेका ती युवकले पछि एक्कासी छुरा प्रहार गरेको बताइएको छ ।
ती युवक लीको अटोग्राफ माग्दै उनी नजिक पुगेका थिए । त्यसपछि अचानक अगाडि बढेर उनीमाथि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
छुरा प्रहारमा परि घाइते भएका लिलाई अहिले अस्पताल पुर्याइएको छ । उनी होसमा रहेको उनको पार्टी डेमेक्र्याटीक पार्टीका अधिकारीहरूले जनाएका छन् ।
५९ वर्षीय ली गत वर्ष राष्ट्रपतीय निर्वाचनमा कन्जरभेटिभ पार्टीका युन सुक येओलसँग पराजित भएका थिए ।
राष्ट्रपति युनले आक्रमणको निन्दा गर्दै उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।
जे–म्युङ बुसानको प्रस्तावित विमानस्थलको भ्रमण गर्दै थिए, जब एक अज्ञात व्यक्तिले पत्रकार सम्मेलनको क्रममा उनको घाँटीको देब्रे भागमा हतियारले आक्रमण गरे।
योनहापका अनुसार आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ। दक्षिण कोरियाली मिडियाले शेयर गरेको तस्बिरका हेर्दा पनि ली जे म्युङ घाइते अवस्थामा भुइँमा लडिरहेको देखिन्छ । उनको वरिपरि भीड थियो, रक्तस्राव रोक्न उनको घाँटीमा रुमाल राखिएको थियो।
दक्षिण कोरियामा यसै वर्षको अप्रिलमा आम निर्वाचन हुँदैछ । २०२२ को निर्वाचनमा जनशक्ति पार्टी विजयी भएको थियो । ली ले २०२२ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति युन सुक येओलसँग थोरै मतान्तरले हारेका थिए ।
त्यसपछि ली जे म्युङ पनि राष्ट्रपतिको दौडमा थिए। यसै वर्ष हुन लागेको निर्वाचनमा पनि उनलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा हेरिएको छ ।
यसै डौडानका क्रममा उनी आक्रमणमा परेका हुन । उनले सन् २०२४ मा हुने आम निर्वाचनमा भाग लिने तयारी गरिरहेका थिए । ५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख पनि हुन् । उनी २०२२ को राष्ट्रपतीय निर्वाचनमा मात्र ०.७३ प्रतिशत मतको अन्तरले हारेका थिए । दक्षिण कोरियाको इतिहासमा पहिलो पटक चुनावी प्रतिस्पर्धा यति रोचक बनेको थियो ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209