Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नयाँ बर्षको पहिलो दिनमै जापानमा गयो ७.६ म्याग्निच्यूडको शक्तिशाली भुकम्प

नयाँ बर्षको पहिलो दिनमै जापानमा गयो ७.६ म्याग्निच्यूडको शक्तिशाली भुकम्प

काठमाडौँ । जापानमा नयाँ बर्षको पहिलो दिनमै शक्तिशाली भूकम्प गएको छ । नयाँ वर्षको पहिलो दिनमै मध्य जापानमा एउटा शक्तिशाली भूकम्प गएको हो ।

जापानको नोटो प्रान्तमा ७.६ म्याग्निच्यूडको भूकम्प गएको समाचारसंस्था रोयटर्सले जनाएको छ। उक्त भूकम्प अनामिजु सहरनजिकै गएको बताइएको छ। भूकम्पपछि त्यहाँ फेरी सुनामी आउने चेतावनी समेत जारी गरिएको छ।

भुकम्पले क्षती पुर्यापछि सुनामी आउन सक्ने आशंक गरिएको हो । जसकारण समुद्री तटमा रहेका मानिसहरूलाई उच्च भागतर्फ जान अधिकारीहरूले आग्रह समेत गरेका छन्।

जापानी राष्ट्रिय प्रसारक एनएचकेका अनुसार नोटो क्षेत्रको इशिकावा जिल्लाको तटीय क्षेत्रबाट मानिसहरूलाई “तत्काल उच्च भागमा जान” निर्देशन दिइएको छ।

एनएचकेका अनुसार झन्डै पाँच मिटरजति अग्लो छाल नोटो क्षेत्रमा पुगेको छ।

अधिकारीहरूले छिमेकी निगाता र तोयामा जिल्लामा पनि सुनामीको चेतावनी जारी गरेका छन्। । ती क्षेत्रमा झन्डै तीन मिटर अग्ला छाल पुग्न सक्ने चेतावनी दिइएको छ।

भुकम्प गएपछि भएको क्षतिको यकिन विवरण आइसकेको छैन। एसो त जापानमा भूकम्प जानु कुनै नौलो विषय भने होइन । तर पनि त्यसका कारण उत्पन्न हुने सुनामीले ठूलो धनजनको क्षति गराउन सक्ने ठानिएको छ।

जापान सरकारका प्रवक्ता योशिमासा हयाशीले उक्त क्षेत्रका बासिन्दालाई थप भूकम्पका लागि तयार रहन चेतावनी दिएका छन्।

एक जना एनएचकेका प्रस्तोताले प्रभावित क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरको अन्तराष्र्टिय सञ्चारमाध्मले जनाएको छ ।

टेलिभिजनहरूले पनि मानिसहरूलाई तटीय क्षेत्र छाड्न आग्रह गरिएका सूचनाहरू प्रसारण गरिरहेका छन्।

स्थानीय बासिन्दाहरूले भूकम्पपछिको अवस्थाबारे विभिन्न स्थानबाट भिडिओहरू सामाजिक सञ्जालमा राखिरहेको पनि देखिएको छ ।

उक्त देशको सबैभन्दा ठूलो परमाणु ऊर्जा सञ्चालन केन्द्र कान्साई इलेक्ट्रिकले प्रभावित क्षेत्रका आफ्ना केन्द्रहरूमा “अस्वाभाविक गतिविधिहरू” नदेखिएको जनाएको छ।

दक्षिण कोरियाको मौसम विज्ञानसम्बन्धी निकायले उक्त सुनामीको छाल त्यो देशको पूर्वी तटमा स्थानीय समयअनुसार बेलुका साढे छ बजेदेखि सवा सात बजेसम्ममा पुग्न सक्ने जनाएको छ।

विश्वमा सबैभन्दा बढी भुकम्प जाने देशमध्यमै पर्दछ जापान । तर नेपालमा पनि २०७२ सालको भुकम्पपछि हालसम्मपनि पनि भुकम्पको पराकम्पन जान छोडेको छैन । भुकम्पले तहस नहस बनाएको गाउँ तथा सहर भर्खर भर्खर पुनर्रसंरचना भएका छन् । ७२ पछि विभिन्न पराकम्पनहरु गएका थिए । नेपालमा पछिल्लो समय २०७२ पछि हालसालै जाजारकोटमा ठुलो मानविय क्षती हुनेगरी भुकम्प गएको थियो । त्यसपछि अझैपनि देशका विभिन्न ठाँउलाई केन्द्रविन्दु बनाएर भुकम्पको धक्का महसुस भइरहेको छ ।