Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

केएमसिको १४ औं वार्षिक साधारण सभा सम्पन्न

केएमसिको १४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मेडिकल कलेज केएमसि को १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा आयोजित साधारण सभाले आर्थिक वर्ष २०७९ र ८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र शेयर सदस्यहरुको नगद लाभांश पारित गर्दै अस्पतालको स्वास्थ्य सेवालाई विश्वस्तरीय बनाउने निर्णय समेत गरेको छ ।

साधारण सभाले अस्पतालको आर्थिक वर्ष २०७९ र ०८० को नाफा तथा सञ्चित मुनाफाको रकम ४ करोड ८५ लाख २० हजार ४ सय ८५ मध्येबाट २० प्रतिशत जगेडा राखी बाँकी ८० प्रतिशत रकम ३ करोड ८८ लाख १६ हजार ३ सय ८८ रुपैंया ९चुक्ता पुँजीको ६.४६ प्रतिशत कर सहित शेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

८०.१७ प्रतिशत शेयर सदस्य उपस्थित भएको साधारण सभाले कम्पनीको व्यवसाय विस्तारको लागि समान उद्देश्य भएका विभिन्न कम्पनी, अस्पताल, शिक्षण संस्थाहरु खरिद गर्न तथा त्यस्ता कम्पनीहरुको शेयरमा लगानी गर्न पनि सञ्चालक समितिलाई अधिकार दिएको छ ।

साथै साधारण सभाले स्वास्थ्य उपकरणहरु खरिद गरी विश्वस्तरीय स्वास्थ्य सेवा सञ्चालन गर्ने र आवश्यक्ता अनुसार घर जग्गा खरिद गरि अस्पतालको स्तर वृद्धि गर्नको लागि आवश्यक श्रोत जुटाउन सञ्चालक समितिलाई अधिकार दिएको छ ।

साधारण सभा उद्घाटनको प्रमुख अतिथी कलेजका पूर्वकार्यकारी अध्यक्ष, नोबेल मेडिकल कलेजका पूर्वप्रबन्ध निर्देशक समेत रहेका संघीय सांसद डा। सुनिलकुमार शर्मा रहेका थिए । कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख ब्यवस्थापन सल्लाहकार डा। खगेन्द्र प्रसाद न्यौपाने, प्राचार्य प्रा।डा। रतिन्द्रनाथ श्रेष्ठ, अस्पताल निर्देशक प्रा।डा। सुमनकुमार श्रेष्ठ, संस्थापक शेयरधनी ओमप्रसाद पाण्डे, च्यारेटी इन्टरनेशनल नेपालका अध्यक्ष अर्जुन प्रसाद वास्तोला, नोवेल मेडिकल कलेजकी प्रबन्ध निर्देशक इन्दीरा बराल शर्मा लगायतको उपस्थिति रहेक थिए ।