Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालबाट विदेशीने नेपालीको होड, कोरियमा मात्र ५३ करोडभन्दा बढी रकम सङ्कलन

नेपालबाट विदेशीने नेपालीको होड, कोरियमा मात्र ५३ करोडभन्दा बढी रकम सङ्कलन

काठमाडौँ । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूबाट ईपीएस शाखाले ५३ करोडभन्दा बढी रकम सङ्कलन गरेको छ । नेपालबाट उत्पादनमुलक क्षेत्र कोरिया लागि १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । सोही आवेदकबाट इपीएस साखाले सो रकम जम्मा गरेको हो जनाएको हो ।

रोजगार अनुमति प्रणाली ईपीएस बाट दक्षिण कोरिया जानका लागि १ लाख ४३ हजार भन्दा बढिले आवेदन दिएका थिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेकोमा उनीहरूले प्रतिव्यक्ति २८ अमेरिकी डलर दस्तुर तिरेर आवेदन फाराम भरेका हुन् ।

उनीहरूले तिरेको उक्त पैसा सिधै एचआरडी कोरियाको खातामा जान्छ । त्यो पैसाले एचआरडी कोरियाले परीक्षा सञ्चालन गर्न खर्चिँदै आएको भनिएको छ ।

उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूबाट ईपीएस शाखाले ५३ करोडभन्दा बढी रकम सङ्कलन गरेको हो । प्रति अमेरिकी डलर बराबर १३३ रुपैयाँ हुँदा आवेदन दिएकाहरूबाट ५३ करोड ५५ लाख ५५ हजार रुपैयाँ सङ्कलन भएको हो । यसमा २८ हजारभन्दा बढी यसअघि सीप विल्डिङका लागि आवेदन दिएर अनुउत्तीर्ण भएकाहरूले फाराम भर्न बाँकीनै छ ।

उनीहरूलाई समेत आवेदन फाराम भर्न दिएको खण्डमा आवेदन दिनेहरूको सङ्ख्या १ लाख ७२ हजारको हाराहारीमा हुन्छ । उक्त हिसाब गर्दा २८ डलरको दरले ६४ करोड भन्दा बढी रकम हुन आउँछ । ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले तिरेको सबै २८ डलर नै कोरिया पठाइने गरेको बताए छन् । कोरिया पठाएपछि कोरियाले ८ डलर ईपीएस कार्यालयलाई फिर्ता गर्ने गरेको उनको भनाई छ ।

‘जस अनुसार जम्मा गरेर २८ डलर नै कोरिया पठाइने तर पछि ८ डलर फिर्ता आउने छ । २० डलर भने कोरिया आफैँले राख्नेछ । यताबाट तिरिएको पैसा कोषमा जम्मा हुने बताइएको छ । अहिले कोषमा २५ करोडभन्दा बढी रुपैयाँ रहेको र केही पैसा परीक्षा सञ्चालन गर्न खर्च गर्ने नर्देशक सुवेदीको भनई छ ।

कोरियाले ईपीएस मार्फत परीक्षा सञ्चालन तथा अन्य व्यवस्थापनको लागि भन्दै २८ डलर शुल्क लिँदै आएको हो ।

अहिले नेपालबाट रोजगारीका लागि अन्य देशमा जाने नेपालीहरुको होड छ । कोरीयाका लागि मात्र यतीको सँख्यामा फारम भरिएको छ भने, जपान, अस्ट्रेलिया, अमेरिकाको लागि कती होला ।

पछिल्लो सयको तथ्यङ हेर्दा करिव सात लाख युवा विदेशिएका छन् । त्यस मध्येपनि पढाइका बाहानामा विदेश जानेको लर्को लागेको छ । तर विडम्बना यसरी होडबाजी गरेर परिवारका सपना पुरा नहुँदै बाकसमा फर्किन्छन् ।