काठमाडौँ । हामीले चाहायौ भने बाचुन्जेल मात्र हैन मृत्यु पश्चात पनि राम्रो /पुन्य काम गर्न सक्छौ भन्ने कुराको उदाहरण न्यूयोर्ककी एक महिलाले पुस्टि गरेकी छिन् । क्यान्सर रोगबाट गुज्रिरहेकी एक महिलाले आफ्नो अन्तिम इच्च्या स्वरूप आफूजस्तै ठुलो रोगहरुसंग जुधेर आफ्नो धनसम्पति सकाएर उपचारकै क्रममा ऋणमा डुबेका व्यक्तिहरुको ऋण मिनाह गरिदिएकी छिन् । कसैले हामीलाई हाम्रो अन्तिम अवस्थामा तपाइको अन्तिम इछ्या के छ भनेर सोधियो भने हामि रमाउने , कोहि व्यक्ति विशेष लाई भेट्ने ,अथवा सपनाको सहर घुम्ने इछ्च्या प्रकट गर्छौ । तर यी महिलाले भने आफुजस्तै बिरामीहरुको लागि रकम जम्मा गरिदिने आफ्नो अन्तिम चाहाना रहेको बताएकी थिईन् । अहिले उनि यो भौतिक संसारमा छैनन् तर उनले आफ्नो मृत्यु भएपछी पोस्ट गरिदिनु भनेर आफैले स्ट्याटस लेखेकी थिईन् ।
डिम्बाशयको क्यान्सरका कारण ज्यान गुमाएकी न्यूयोर्ककी एक महिलाले अरू व्यक्तिहरूलाई उपचार गराउँदा लागेको ऋण मिनाहा गराइदिने गरी दशौँ लाख डलर सङ्कलन गरिदिएकी छन्। आफ्नो मृत्युपछि राख्न अनुमति दिइएको एउटा सामाजिक मिडिया पोस्टमा ३८ वर्षीया केसी म्याकइन्टायरले आफूलाई फलो गर्ने व्यक्तिहरूलाई चन्दा दिन अनुरोध गरेकी थिइन्। उनले आफ्नो जीवनको उत्सव मनाउन अरू मानिसका स्वास्थ्य ऋण तिर्ने योजना बनाएको जनाएकी थिइन्। उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, “तपाईँले यो पढ्ने बेला मेरो निधन भइसकेको हुनेछ।” “म तपाईँहरूमध्ये प्रत्येकलाई मेरो पूर्ण हृदयबाट माया गर्थेँ र म वाचा गर्छु, मलाई थाह थियो तपाईँहरूले कति गहिरो माया गर्नुहुन्थ्यो…. मेरो जीवनको उत्सवका रूपमा मैले अरू मानिसको स्वास्थ्य ऋण तिरेर त्यसलाई टुङ्ग्याइदिने व्यवस्था मिलाएकी छु।” उनले चौथो चरणको डिम्बाशयको क्यान्सरसँग जुझिरहँदा उच्चगुणस्तरको स्वास्थ्य सेवामा पहुँच पाउँदा आफूले भाग्यमानी महसुस गरेको उल्लेख गरेकी छन् र अरूले पनि त्यस्तै सुविधा पाएको हेर्न चाहेको भनेकी छन्। गत शुक्रवार रातिसम्ममा म्याकइन्टायर र उनको परिवारले १६० हजार डलरभन्दा धेरै सङ्कलन गरिसकेको छ। त्यो भनेको २ अर्ब १२ करोडभन्दा बढी नेपाली रुपैयाँ हो। गैरनाफामूलक संस्था आरआईपी मेडिकल डेटसँग मिलेर चलाइएको उक्त अभियानअन्तर्गत सङ्कलित प्रत्येक पेनी बराबर १ डलरको स्वास्थ्य ऋण मिनाहा गर्ने गरिन्छ।
यसको अर्थ म्याकइन्टायरको अभियानले हालसम्म नतिरिएका १६ मिलियन डलर अर्थात् २ अर्ब १२ करोड रुपैयाँ ऋण मिनाहा भएको छ। अमेरिकामा १० करोड जति मानिस उपचार गर्दा लिएको ऋणसँग सङ्घर्ष गरिरहेका एउटा अनुसन्धानमूलक गैरसरकारी संस्था केएफएफले जनाएको छ। केसी म्याकइन्टायरको ३८ वर्षको उमेरमा निधन भएको थियो मृत्युको घोषणा गर्दै राखिएको पोस्टमा म्याकइन्टायरको परिवारले एउटा नोट राखेको छ जसमा डिसेम्बर महिनामा न्यूयोर्कको प्रोस्पेक्ट पार्कमा एउटा स्मृतिसभा गरिने र उपचार गर्दा लागेको अरूको ऋण नाम नखुलाईकन तिरिदिने जनाइएको छ। म्याकइन्टायर एक पुस्तक प्रकाशक थिइन् र उनले सन् २०१९ मा डिम्बाशयको क्यान्सरको उपचार सुरु गराएकी थिइन्। उनको मृत्यु अघिल्लो आइतवार भएको थियो। उनका श्रीमान् र १८ महिनाकी छोरी छन्।
उनको पोस्टका अनुसार उनले आफ्नो जीवनका पाँच महिना साथीहरू र परिवारका साथ भर्जिनिया, रोड आइलेन्ड र न्यूयोर्कका जीवनको अन्तिम क्षणमा रहेका मानिसहरूलाई स्याहार गर्ने केन्द्रहरूमा बिताइन्। विगतमा ट्विटर भनिने सामाजिक सञ्जाल एक्समा राखिएको पोस्टमा उनका श्रीमान् एन्ड्रयु रोज ग्रेगोरीले भनेका छन्, “केसी, हामी तिमीलाई माया गर्छौँ, सम्झिरहन्छौँ, तिमी गयौ, तिमी हामीसँगै छौँ, हामी तिमीलाई सबैतिर हेरिरहन्छौँ।”