कार्तिक २२, काठमाण्डौं-
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन कप्तान तथा बलर प्याट कमिन्सलाई पछि पारेका छन । आईसीसीको एकदिवसीय वरीयतामा सन्दीप लामिछानेले बलिङतर्फ सन्दीपले कमिन्सलाई पछि पारेका छन ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा बलिङतर्फ सन्दीपले कमिन्सलाई पछि पारेका हुन् । नयाँ वरीयताअनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप ३२ औँ स्थानमा रहेका छन् । कमिन्स भने ३३ औँ स्थानमा रहेका छन् ।
https://www.facebook.com/laligurashmedianetwork/videos/649913693982386
बलिङतर्फ नै नेपालका दिपेन्द्र सिंह ऐरी ६७ औँ, करण केसी ८२ औँ, सोमपाल कामी ८८ औँ तथा ललित राजवंशी ९९ औँ स्थानमा छन् ।बलिङतर्फ भारतका मोहम्मद सिराज शीर्ष, दक्षिण अफ्रिकाका केशव महाराज दोस्रो तथा अस्ट्रेलियाका एडम जाम्पा तेस्रो स्थानमा छन् ।
ब्याटिङतर्फ भने नेपालका आशिफ शेख ७२ औँ, कप्तान रोहित पौडेल ८३ औँ तथा कुशल भुर्तेल ९८ औँ स्थानमा छन् । ब्याटिङतर्फ नै भारतका शुवमन गिल, पाकिस्तानका बाबर आजम तथा दक्षिण अफ्रिकाका क्विन्टन डी कक शीर्ष तीनमा छन् ।
यसैबिच यता यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल एसिसीले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानसँग खेल्ने भएको हो । खेल आइसिसी एकेडेमीमा हुनेछ । नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तानसँगै अफगानिस्तान र भारत पनि छन् । नेपालले दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्ने छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’मा परेको छ। समूह ‘ए’मा नेपाल, भारत, पाकिस्तान र आफगानिस्तान छन्। यस्तै, समूह ‘बी’मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन्।
एसिया कपको आगामी ८ डिसेम्बरदेखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा हुँदैछ। नेपालले पहिलो खेल ८ डिसेम्बरमा नै पाकिस्तानसँग खेल्नेछ। दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग १० डिसेम्बरमा खेल्ने छ। तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा नेपालले भारतसँग खेल्नेछ। प्रत्येक समूहबाट शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्ने छन्। दुवै सेमिफाइनल १५ डिसेम्बरमा दुबई अन्तर्राष्ट्रिय रंगशालामा आयोजना हुने एसीसीले जनाएको छ।
नेपालले तीन साताअघि मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । गत सेप्टेम्बरमा नेपालको सिनियर टोलीले पनि एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो । दुवै खेल हारे पनि नेपाली टोलीले राम्रो प्रदर्शन गरेको भन्दै प्रशंसा पाएको थियो ।