Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शान्तिभूमि लुम्बिनीमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमण

शान्तिभूमि लुम्बिनीमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमण

काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन्। आइतबारबाट नेपालको चारदिने भ्रमणमा रहेका गुटेरेस सोमबार पोखरा पुगेका थिए। पोखराबाट अन्नपूर्ण बेसक्याम्प हुँदै लुम्बिनी पुगेका हुन्। उनलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायतले स्वागत गरे।

लुम्बिनी क्षेत्रको अवलोकनका क्रममा गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरे। शान्तिदीपबाट मायादेवी मन्दिरसम्म उनी पैदल गएका थिए। उनले वृक्षरोपणसमेत गरे। लगत्तै उनी लुम्बिनी विकास कोषको स्वागत समारोहमा सहभागी भए। यसैगरी, महासचिव गुटेरेसले विकास कोषमा राखिएको अतिथि आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन्।

महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक महत्वका विषयमा लुम्बिनी विकास कोषले जानकारी गराइएको थियो। गुटेरेस लुम्बिनी भ्रमण गर्ने राष्ट्रसङ्घका छैटौँ महासचिव हुन्। राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ मा राष्ट्रसङ्घको महासचिवका रुपमा लुम्बिनी भ्रमण गर्ने प्रथम महासचिव हुन्।