Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इजरायलमा सम्पर्कबिहीन भएका विपिन जोशीको खोजीका लागि सरकारले थाल्यो अन्तर्राष्ट्रिय पहल

इजरायलमा सम्पर्कबिहीन भएका विपिन जोशीको खोजीका लागि सरकारले थाल्यो अन्तर्राष्ट्रिय पहल

काठमाडौँ। इजरायलमा सम्पर्कविहीन बनेका विपिन जोशीको खोजी कार्य जारी छ । त्यसका लागि नेपाल सरकारले इजरायल सरकारसँग पहल गरिरहेको छ । सोही आधारमा उनको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ। उनको खोजीका लागि सरकार अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग माग गरेको छ। यसका लागि हमासलाई सहयोग गर्दै आएका देशहरूसँग छलफल थालिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेशमन्त्रीसँग टेलिफोन कुरा गरेका छन् । कतारी विदेशमन्त्रीसँग टेलिफोन कुरा भएको विषयमा परराष्ट्र मन्त्रालयले केही जानकारी दिएको छैन । तर, कतारका संचारमाध्यमहरूले नेपाल र कतारका विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको उल्लेख गरेका छन्।

टेलिफोन सम्पर्कमा जोशीको खोजीका लागि गाजास्थित हमास समूहसँग पहल गरिदिन अनुरोध गरेको कतारी संचारमाध्यमहरूले जनाएका छन् । सोमबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री साउदले अरब देशरूसँग समेत जोशीको खोजीका लागि पहल भइरहेको बताएका थिए । गत शनिबार गाजास्थित हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परेर ४ जना विद्यार्थी घाइते भएका छन् भने जोशी बेपत्ता छन्।

उनी हमास समूहको नियन्त्रणमा रहेको आशंका गर्दै सरकारले सोही आधारमा पहल थालेको हो । कतारका विदेशमन्त्रीसँग हमास समूहको नियन्त्रणमा रहे नरहेकोबारे जानकारीका लागि पहल गरिदिन मन्त्री साउदले अनुरोध गरेका हुन्।